मुकुन्दराज दाहालको ‘दीपमालिका’ लोकार्पण

काठमाडौं । साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । शिष्टाचार अभियान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा. पुरुषोत्तम दाहाल, साहित्यकार प्रा. माधव भट्टराई र डा. शैलेन्दुप्रकाश नेपाललगायत साहित्यकारले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरे । सङ्ग्रहमा गद्यात्मक खण्डमा लेखिएका ४६ र पद्यात्मक खण्डमा लेखिएका ६० कविता समावेश छन् […]

May 31, 2025 - 12:07
 0
मुकुन्दराज दाहालको ‘दीपमालिका’ लोकार्पण

काठमाडौं । साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित ‘दीपमालिका’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको छ ।

शिष्टाचार अभियान नेपालले आयोजना गरेको कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा. पुरुषोत्तम दाहाल, साहित्यकार प्रा. माधव भट्टराई र डा. शैलेन्दुप्रकाश नेपाललगायत साहित्यकारले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरे ।

सङ्ग्रहमा गद्यात्मक खण्डमा लेखिएका ४६ र पद्यात्मक खण्डमा लेखिएका ६० कविता समावेश छन् । सङ्ग्रहमा समावेश आधिकांश कविता राष्ट्रवादी भएको साहित्यकार तथा पत्रकार दाहालले बताए । त्यसैगरी देश र देशवासीप्रतिको सद्भाव मुछिएका कविताले आफ्नो जन्मभूमि, जिल्ला र गाउँप्रतिको प्रेम दर्शाएको उनको भनाइ छ ।

कवितामा पाखापखेरा, गाउँबेंसीप्रतिको मोह, जनमानसप्रतिको बेथिति, नेताप्रतिको वितृष्णा, चाडपर्व, रीतिरिवाज, नेपाली जनमानसको आफ्नो संस्कार, जताततै बढ्दै गएको अराजकतातिरको आक्रोश पनि समावेश गरिएको छ ।

लेखक दाहालले कवि/साहित्यकारप्रतिको सद्भाव, गरिबप्रति सहानुभूति, राष्ट्र/राष्ट्रियताप्रतिको झुकाव, देशप्रेमप्रतिको चिन्तन, जन्मभूमि आसपासका भिरपाखाको वर्णन कवितामा गरिएको जानकारी दिए ।

सङ्ग्रहमाथि टिप्पणी गर्दै डा. अम्बिका अर्यालले मानव अधिकारको खोजी, बुद्धत्व हराउँदै गएकामा चिन्ता, गणतन्त्र आए पनि सर्वसाधारणका छोराछोरीको अपहरण, विभत्स हत्या रोकिएका छैनन् भन्ने कुरालाई कविताले जोड दिएको उल्लेख गरिन् ।

लेखक दाहालले भने, “देशमा समानता छैन, बुढापाका आफ्ना सन्तानका पीरले तड्पिरहेका छन्, पुराना सभ्यता र संस्कृति थला परेका छन्, यी र यस्तै विषयलाई कवितामार्फत उजागर गरिएको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register