‘सेयर बजार ह्वारह्वार्ती होइन परिपक्व भएर बढ्नुपर्छ, घटेजस्तो लागे पनि सेयर बजार बढ्दो ट्रेण्डमै छ’- अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार बढ्दो ट्रेन्डमै रहेको बताएका छन् । टेलिभिजन कार्यक्रम ‘यक्ष प्रश्न’मा अर्थमन्त्री पौडेलले बजार लगानीकर्ताले अपेक्षा गरेजस्तो ह्वारह्वार्ती नबढे पनि बजार बढ्दो ट्रेण्डमै रहेको बताएका हुन् ।  उनले आफू अर्थमन्त्री भएपछि बजारमा उछाल नै नआए पनि तुलनात्मक रुपमा बजार काफी बढेको बताएका छन् ।  आफ्नो अहिले र यसअघिका हरेक […]

Mar 17, 2025 - 03:53
 0
‘सेयर बजार ह्वारह्वार्ती होइन परिपक्व भएर बढ्नुपर्छ, घटेजस्तो लागे पनि सेयर बजार बढ्दो ट्रेण्डमै छ’- अर्थमन्त्री 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार बढ्दो ट्रेन्डमै रहेको बताएका छन् । टेलिभिजन कार्यक्रम ‘यक्ष प्रश्न’मा अर्थमन्त्री पौडेलले बजार लगानीकर्ताले अपेक्षा गरेजस्तो ह्वारह्वार्ती नबढे पनि बजार बढ्दो ट्रेण्डमै रहेको बताएका हुन् । 

उनले आफू अर्थमन्त्री भएपछि बजारमा उछाल नै नआए पनि तुलनात्मक रुपमा बजार काफी बढेको बताएका छन् । 

आफ्नो अहिले र यसअघिका हरेक कार्यकालमा सेयर बजारलाई मर्यादित, जवाफदेही र अनुशासित बनाउनुपर्नेमा जोड दिँदै आएको बताउँदै अर्थमन्त्री पौडेलले अहिले पनि आफूले सेयर बजार ह्वारह्वार्ती भन्दा पनि परिपक्व भएर बढोस् भन्ने चाहेको बताएका छन् । 

त्यस्तै, अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भए पनि लगानीकर्तालाई कहाँ लगानी गर्ने ? कहा नगर्ने ? भन्ने विषयमा सोचेर बुझेर लगानी गर्न पनि आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register