मर्जरमा जाँदै पोखरा फाइनान्स, दुई वाणिज्य बैंकसँग छलफल

काठमाडौँ । पोखरा फाइनान्सले मर्जरमा जाने तयारी गरेको छ । बैंकको संचालक समितिका एक सदस्यका अनुसार मर्जरका लागि हाल दुई बैंकसँग छलफल भइरहेको छ । जसमध्ये देशकै ठूलो मध्येको एक बैंकसँग विस्तृतमा कुरा भइसकेको छ । संस्थाले वाणिज्य बैंकसँग मर्जको प्रारम्भिक छलफल अगाडि बढाउने विषयमा संचालकहरु एक भइसकेका छन् । ‘हाल दुई बैंकसँग कुरा भइरहेको […]

Jan 15, 2025 - 01:53
 0
मर्जरमा जाँदै पोखरा फाइनान्स, दुई वाणिज्य बैंकसँग छलफल

काठमाडौँ । पोखरा फाइनान्सले मर्जरमा जाने तयारी गरेको छ । बैंकको संचालक समितिका एक सदस्यका अनुसार मर्जरका लागि हाल दुई बैंकसँग छलफल भइरहेको छ । जसमध्ये देशकै ठूलो मध्येको एक बैंकसँग विस्तृतमा कुरा भइसकेको छ ।

संस्थाले वाणिज्य बैंकसँग मर्जको प्रारम्भिक छलफल अगाडि बढाउने विषयमा संचालकहरु एक भइसकेका छन् । ‘हाल दुई बैंकसँग कुरा भइरहेको छ । एक बैंकसँग सहमति नजिक छौँ ।’ बैंक स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘सम्भवतः धेरै संस्थाहरु प्राप्ति गरिसकेको बैंकले पोखरा फाइनान्सलाई अक्वायर गर्नेछ ।’ 

ती संचालकका अनुसार डिडिए गरेर स्वाप रेसियोबारे थप छलफल गर्ने वा एउटा बिन्दुमा सहमति गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको छ । संस्थाको हालको चुक्तापुँजी १ अर्ब ८ करोड छ भने निक्षेप ११ अर्ब रहेको बताइएको छ । फाइनान्सको कर्जा ८ अर्बभन्दा माथि छ ।

मर्जरका विषयमा दुबै बैंकसँग केही राउन्ड कुरासमेत भइसकेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register