एनआईसी एशिया बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौँ । एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको हो । बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लाभांश नदिने निर्णयसँगै सेयरधनीको हात खाली भएको छ । बैंकले […]

Jan 15, 2025 - 06:29
 0
एनआईसी एशिया बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौँ । एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको हो ।

बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लाभांश नदिने निर्णयसँगै सेयरधनीको हात खाली भएको छ ।

बैंकले लाभांश नदिने भएपछि सेयरधनीहरु निराश भएका छन् ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register