नेपाल बैंकले लाभांश नदिने, सेयरधनीको हात यसपालि पनि खाली 

काठमाडौँ । नेपाल बैंकले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।  बैंकको पुष २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांक वितरण नगर्ने निर्णय गरेको हो ।  बैंक सञ्चालक समितिले गरेको उक्त निर्णयसँगै बैंकले गत आर्थिक […]

Jan 15, 2025 - 06:32
 0
नेपाल बैंकले लाभांश नदिने, सेयरधनीको हात यसपालि पनि खाली 

काठमाडौँ । नेपाल बैंकले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो । 

बैंकको पुष २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांक वितरण नगर्ने निर्णय गरेको हो । 

बैंक सञ्चालक समितिले गरेको उक्त निर्णयसँगै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक पठाएको छ । 

नेपाल बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि सेयरधनीको हात खाली बनाएको थियो । यसपालि पनि बैंकले कुनै लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरु निराश बनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register