मध्यपहाडी लोकमार्गमा निर्माणाधीन पुल अलपत्र

खोटाङ। मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने खोटाङको पङ्खु खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र वडा नम्बर ९ निर्मलीडाडाँको बीचमा पर्ने खोलामा निर्माणाधीन पुल अलपत्र परेको हो । आठ बर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण कम्पनीको लापारबाहीका कारण अझै बन्न सकेको छैन । करिब दुई करोड एक लाख […]

Jan 18, 2025 - 13:02
 0
मध्यपहाडी लोकमार्गमा निर्माणाधीन पुल अलपत्र

खोटाङ।

मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने खोटाङको पङ्खु खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र वडा नम्बर ९ निर्मलीडाडाँको बीचमा पर्ने खोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।

आठ बर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण कम्पनीको लापारबाहीका कारण अझै बन्न सकेको छैन । करिब दुई करोड एक लाख रूपैयाँको लागतमा २०७३ असोज ६ गतेसम्म सक्ने गरी २०७२ असोज ७ गते सिरुवा कन्ट्रक्सन प्रालिले निर्माणको सम्झौता गरेको थियो । तर पटक–पटक म्याद थप गर्दै २०७७ असोज ३० गतेसम्मका लागि अन्तिम पटक म्याद थपिएको मध्यपहाडी राजमार्ग योजनाका सूचना अधिकारी हर्क प्रधानले बताए । प्रधानका अनुसार अहिलेसम्म भौतिक र वित्तीय गरी करिब ४० प्रतिशत मात्र प्रगति देखिएको छ ।

काम अलपत्र परेपछि २०८० जेठ १४ गते ठेक्का तोडिएको प्रधानले बताए । काम नगरेपछि ठेक्का तोडेर निर्माण कम्पनीलाई ब्ल्याकलिष्टमा राखिएको प्रधानको भनाई छ । उक्त पुल निर्माण सम्पन्न गर्न श्रोत सुनिश्चितताका लागि अर्थमन्त्रालयमा फाइल पुगेको जनाईएको छ । श्रोत सुनिश्चितता भए लगत्तै पुनः टेण्डर हुने प्रधानले जनाए ।काम अलपत्र परेपछि यातायात सञ्चालनमा समस्या भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका वडाअध्यक्ष दिनेश कठायतले बताए । बेलामा काम नथालिए आन्दोलनमा उत्रने समेत कठायतको भनाई छ ।।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register