जेठ १५ सुरक्षा योजना : रत्नपार्कमा दिउँसो २ बजेसम्म एमाले, त्यसपछि राजावादी

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । एकै दिन, एकै स्थानमा कार्यक्रम तय भएपछि दुई समूहका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा एमालेको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि सोही स्थानमा राजावादीहरूले कार्यक्रम सञ्चालन गर्ने […]

May 28, 2025 - 17:06
 0
जेठ १५ सुरक्षा योजना : रत्नपार्कमा दिउँसो २ बजेसम्म एमाले, त्यसपछि राजावादी

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । एकै दिन, एकै स्थानमा कार्यक्रम तय भएपछि दुई समूहका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा एमालेको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि सोही स्थानमा राजावादीहरूले कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।

दुवै पक्षसँग समन्वय गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले सोही अनुसारको सुरक्षा योजना बनाएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए।

१५ जेठलाई एमालेले गणतन्त्र  उत्सवको रुपमा मनाउँदैछ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतको माग राख्दै प्रदर्शन आयोजना गरेका छन् ।

एमालेले गणतन्त्रका पक्षमा सांस्कृतिक कार्यक्रम गर्ने भन्दै सुरक्षा व्यवस्थाका लागि प्रशासनमा निवेदन दिएको थियो।

राजावादीहरूले सात ठाउँबाट र्‍याली निकाल्ने तयारी गरेका छन्। हरेक प्रदेशबाट छुट्टाछुट्टै र्‍याली निकाल्ने र हरेक र्‍यालीको नेतृत्व शीर्ष नेताले गर्ने राप्रपाको योजना छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register