बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र भवन बन्दै

काठमाडौं । बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रमन लागि कृषि प्रवर्द्धन केन्द्रको भवन शिलान्यास गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले बुधबार संयुक्त रुपमा शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको ३.१४१ करोड रुपैयाँ सहयोगमा सो कृषि प्रवर्द्धन केन्द्रको […]

May 28, 2025 - 17:06
 0
बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र भवन बन्दै

काठमाडौं । बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रमन लागि कृषि प्रवर्द्धन केन्द्रको भवन शिलान्यास गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले बुधबार संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको ३.१४१ करोड रुपैयाँ सहयोगमा सो कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण हुन लागेको छ । यो भवन अन्न भण्डारण र वितरणका लागि उपयोग गरिनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष तथा राजनीतिक प्रतिनिधिहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले र्मिाण भइरहेको पूर्वाधारले यातायात र सञ्चार पूर्वाधार सीमित रहेको हिमाली क्षेत्रमा कृषि उत्पादनहरुको उचित सङ्कलन र भण्डारण सुनिश्चित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

भारतीय सहयोगमा बाजुरामा २ वटा परियोजनासहित सुदूरपश्चिम प्रदेशमा ४३ वटा परियोजनाहरू छन् । सुदूरपश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस प्रदान गरिएको काठमाडौंस्थित दूतावासले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register