मधेसका सात खेलाडी डकआउट, आर्मी १० विकेटले विजयी
काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि सहज जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले मधेसलाई १० विकेटले पराजित गरेको हो । मधेसले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । आर्मीका लागि सम्झाना खड्काले अविजित २२ र अञ्जली […]

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि सहज जित हासिल गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले मधेसलाई १० विकेटले पराजित गरेको हो ।
मधेसले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । आर्मीका लागि सम्झाना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले अविजित ४ रन बनाइन् ।
पहिले ब्याटिङ गरेको मधेस १५.२ ओभरमा २५ रन बनाएर अलआउट भएको थियो ।
मधेसका लागि भूमि सिंहले १० रन बनाइन् । सात खेलाडी त डकआउट भए ।
आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २–२ तथा सीता सही र ईश्वरी विष्टले १–१ विकेट लिइन् ।
What's Your Reaction?






