भैरहवा विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकको जिम्मेवारी मन्जु खाणलाई

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे अध्ययन गर्न बनाइएको संसदीय उपसमितिको संयोजकको जिम्मेवारी कांग्रेसकी मञ्जु खाणलाई दिइएको छ । विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचारलगायत विषय छानबिन गर्न बनेको उपसमितिको संयोजकमा यसअघि नेकपा (एमाले)का सांसद योगेश भट्टराई थिए । पूर्वमन्त्रीसमेत रहेका भट्टराई संयोजक रहँदा स्वार्थको द्वन्द्व हुने भन्दै प्रश्न उठेपछि उनले […]

May 18, 2025 - 09:54
 0
भैरहवा विमानस्थल निर्माणसम्बन्धी अध्ययन उपसमिति संयोजकको जिम्मेवारी मन्जु खाणलाई

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे अध्ययन गर्न बनाइएको संसदीय उपसमितिको संयोजकको जिम्मेवारी कांग्रेसकी मञ्जु खाणलाई दिइएको छ ।

विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचारलगायत विषय छानबिन गर्न बनेको उपसमितिको संयोजकमा यसअघि नेकपा (एमाले)का सांसद योगेश भट्टराई थिए । पूर्वमन्त्रीसमेत रहेका भट्टराई संयोजक रहँदा स्वार्थको द्वन्द्व हुने भन्दै प्रश्न उठेपछि उनले आफू संयोजक नरहने बताएका थिए ।

लेखा समिति सभापति ऋषिकेश पोखरेलले यसअघिको बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीको नाम प्रस्ताव गरेका थिए । मैनालीलाई संयोजक बनाउने विषयमा सहमति जुट्न नसकेपछि उपसमितिको आइतबार बसेको बैठकले खाँणलाई संयोजक तोकेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register