सिटिजन्स बैंकद्वारा दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १५.४५ प्रतिशतले घट्यो नाफा

काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार दोश्रो त्रैमाससम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.४५ प्रतिशतले धेरै हो । बैंकले गत वर्षको सोहि अवधिमा ७८ […]

Jan 20, 2025 - 10:51
 0
सिटिजन्स बैंकद्वारा दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १५.४५ प्रतिशतले घट्यो नाफा

काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार दोश्रो त्रैमाससम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.४५ प्रतिशतले धेरै हो ।

बैंकले गत वर्षको सोहि अवधिमा ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको इम्पयेरमेन्ट चार्ज ८५ करोड ९५ लाखबाट बढेर १ अर्ब ३८ करोड ५३ लाख रुपैयाँमा पुगेको छ । जसकारण नाफामा गिरावट देखिएको हो ।

यता, खुद ब्याज आम्दानी २ अर्ब ८३ करोडबाट बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब २८ करोड रुपैयाँ जम्मा रहेको छ ।

सिटिजन्सको वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ देखिएको छ । प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ । एनपीएल ४.८५ प्रतिशतमा पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register