अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

काठमाडौं । यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो । अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् । खेलको सुरुवाती […]

Jan 22, 2025 - 08:00
 0
अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

काठमाडौं । यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् ।

खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान पूजा महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याएपनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो ।

नेपालका लागि पूजाले ३ विकेट लिइन् । पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् ।

सीमाना केसीले लगातार २ विकेट लिइन् । उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन् ।

रिया शर्माले १ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register