वेस्ट बैङ्कमा इजरायलको सैन्य कारबाही : नौ प्यालेस्टिनी मारिए, ३५ जना घाइते
काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायलले कब्जा गरेको वेस्ट बैङ्कको जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टाइनी मारिएको जनाएको छ । इजरायली सेनाकै कारबाहीबाट अन्य ३५ जना घाइते भएका छन् । प्यालेस्टिनी सञ्चारमाध्यमकाअनुसार सहर (वेस्ट बैङ्क)मा धेरै आक्रमण भएका छन् । सहरबाहेक राहत शिविरमा ठूलो सङ्ख्यामा सैनिकको आवतजावत भएको छ । मङ्गलबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले […]

काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायलले कब्जा गरेको वेस्ट बैङ्कको जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टाइनी मारिएको जनाएको छ ।
इजरायली सेनाकै कारबाहीबाट अन्य ३५ जना घाइते भएका छन् ।
प्यालेस्टिनी सञ्चारमाध्यमकाअनुसार सहर (वेस्ट बैङ्क)मा धेरै आक्रमण भएका छन् । सहरबाहेक राहत शिविरमा ठूलो सङ्ख्यामा सैनिकको आवतजावत भएको छ ।
मङ्गलबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार सामाजिक सञ्जालमार्फत इजरायली सेनाले जेनिनबाट आतङ्कवाद हटाउन ठूलो मात्रामा अभियान सुरु गरेको बताएका थिए ।
वेस्ट बैङ्कमा इजरायलको कारबाहीपछि हिंसा भड्कने सम्भावना रहेकाे बीबीसीको समाचारमा उल्लेख छ ।
सैन्य कारबाहीका सम्बन्धमा जेनिनका गभर्नर कमल अबु अल–रुबले एएफपी समाचार एजेन्सीलाई भने, ‘आकाशमा हेलिकोप्टर देखिन्थ्यो र इजरायली सैनिकहरू जताततै देखिन्थे ।’
प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै इजरायली सेनाले जेनिन क्याम्पलाई पूर्ण रूपमा घेरेको र बुलडोजरले धेरै सडक खनेको बताएको छ ।
इजरायल र अमासबीच युद्धविराम सम्झौतापछि केही दिनयता गाजामा भने शान्ति छाएको छ ।
What's Your Reaction?






