लामो दूरीको सम्बन्धमा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । लामो दूरीको सम्बन्धमा विभिन्न किसिमका समस्या आउन सक्छ । एकले अर्कोलाई समय दिन नसकेको, विश्वासको कमी, दोषारोपणजस्ता समस्या हुनसक्छ । यदि तपाईं पनि लामो दूरीको सम्बन्धमा हुनुहुन्छ भने यी समस्या आउन दिन चाहनुहुन्न भने केही कुरा बुझ्न जरुरी छ । कुराकानी गर्नु महत्त्वपूर्ण लामो दूरीको सम्बन्धमा कुराकानी हुनु अत्यन्त महत्त्वपूर्ण छ । कुराकानीले […]

Mar 27, 2025 - 09:14
 0
लामो दूरीको सम्बन्धमा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । लामो दूरीको सम्बन्धमा विभिन्न किसिमका समस्या आउन सक्छ ।

एकले अर्कोलाई समय दिन नसकेको, विश्वासको कमी, दोषारोपणजस्ता समस्या हुनसक्छ । यदि तपाईं पनि लामो दूरीको सम्बन्धमा हुनुहुन्छ भने यी समस्या आउन दिन चाहनुहुन्न भने केही कुरा बुझ्न जरुरी छ ।

कुराकानी गर्नु महत्त्वपूर्ण

लामो दूरीको सम्बन्धमा कुराकानी हुनु अत्यन्त महत्त्वपूर्ण छ । कुराकानीले मात्र यस्तो सम्बन्धलाई बलियो बनाउन सक्छ । यस्ता सम्बन्धमा साथीहरू एक अर्काबाट टाढा हुन्छन्, त्यसैले सधैँ फोनमार्फत सम्पर्कमा रहनुपर्छ । दिनमा धेरै पटक म्यासेज पठाउनुहोस् । सम्भव भए दिनहुँ अडिओ वा भिडिओ कल गर्नुहोस् ।

विश्वास जरुरी

धेरै जोडीलाई लाग्न सक्छ कि सम्बन्ध केवल प्रेमले चल्छ, तर त्यस्तो होइन । सम्बन्ध विश्वासमा आधारित हुन्छ । पार्टनरले एक अर्कामाथि विश्वास गर्नुपर्छ । यदि यो विश्वास डगमगायो भने, शङ्काले सम्बन्ध टुटाउन सक्छ । कुनै कुरामा शङ्का छ भने खुलेर आफ्नो पार्टनरसँग कुरा गर्नुहोस् । उनीहरूमाथि पूर्ण विश्वास राख्नुहोस् ।

इमानदार

आफ्नो पार्टनरसँग सधैँ इमानदार रहनुहोस् । इमानदारिता हरेक सम्बन्धमा महत्त्वपूर्ण छ । यसले कहिल्यै पनि तेस्रो व्यक्तिलाई जोडीबीचमा प्रवेश गर्न दिँदैन । पार्टनर जति टाढा रहे पनि प्रेम घट्दैन वा कमजोर हुँदैन ।

हरेक कुरा साझा गर्ने

आफ्नो दैनिक दिनचर्या पार्टनरसँग सेयर गर्नुहोस् । यदि तपाईं साथीहरूसँग घुम्न, बजार गर्न वा सिनेमा हेर्न जानुहुन्छ भने, पार्टनरसँग सबै कुरा सेयर गर्नुहोस् । यसले उनीहरूलाई विशेष महसुस गराउँछ र तपाईंले उनको कदर गर्नुहुन्छ भन्ने अनुभव गराउँछ ।

बिदा पाउने बित्तिकै भेट्ने

लामो दूरीको सम्बन्धको अर्थ आफ्नो साथीसँग धेरै वर्षसम्म भेट नहुने भने होइन । यदि तपाईं अर्को सहरमा बस्नुहुन्छ भने महिनामा २–३ पटक पार्टनरसँग भेट्ने योजना बनाउनुहोस् । यदि विदेशमा हुनुहुन्छ भने बिदा पाउने बित्तिकै आफ्नो प्रेमलाई भेट्न जानुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register