क्रान्तिकारीमा कस्तो नेतृत्व, के कार्यभार ?

अखिल क्रान्तिकारी १५औँ राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया छ । यसै सन्दर्भमा हामीले विद्यार्थी नेतृत्व र कार्यभारबारे गहन छलफल गरिरहेका छौँ । र, सबै क्षेत्रका विद्यार्थीलाई समेट्ने लक्ष्य राखेका छौँ । सम्मेलन तयारी र आगामी योजनाबारे छलफल गर्दा २५० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै सङ्घीय गणतन्त्र स्थापना गरेको ऐतिहासिक पृष्ठभूमिमा अब असमान शिक्षा प्रणाली […]

Jan 22, 2025 - 15:10
 0
क्रान्तिकारीमा कस्तो नेतृत्व, के कार्यभार ?

अखिल क्रान्तिकारी १५औँ राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया छ । यसै सन्दर्भमा हामीले विद्यार्थी नेतृत्व र कार्यभारबारे गहन छलफल गरिरहेका छौँ । र, सबै क्षेत्रका विद्यार्थीलाई समेट्ने लक्ष्य राखेका छौँ ।

सम्मेलन तयारी र आगामी योजनाबारे छलफल गर्दा २५० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै सङ्घीय गणतन्त्र स्थापना गरेको ऐतिहासिक पृष्ठभूमिमा अब असमान शिक्षा प्रणाली तोड्दै समान शिक्षाका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने हाम्रो मान्यता हुनुपर्छ । 

अबको नेतृत्वले गर्ने कामबारे चर्चा गरौँ ।

३२ वर्षको हदबन्दीको आवश्यकता

३२ वर्षको हदबन्दी पुस्तान्तरण र युवालाई नेतृत्व दिने क्रान्तिकारी उपलब्धि हो । यसले युवा नेतृत्वलाई समाजको मुख्यधारमा ल्याउने सन्देश दिन्छ । हाम्रो उद्देश्य पाँच लाख नयाँ विद्यार्थी गोलबन्द गर्दै सङ्गठनलाई सशक्त बनाउनु हो । 

विशेषतः, जेन–जेड पुस्तालाई क्रान्तिकारी आन्दोलनमा सहभागी गराई अग्रजहरूको अनुभवलाई ४० वर्षसम्म उपयोग गर्ने सोच अघि सारिएको छ । यसले माओवादी केन्द्रलाई युवामैत्री पार्टीका रूपमा स्थापित गर्न मद्दत गर्दछ ।

विद्यार्थीको हितमा सङ्गठनको कर्तव्य

शिक्षामा सुधारको प्रमुख उद्देश्य विद्यालयदेखि विश्वविद्यालयसम्मको संरचनागत परिवर्तन हो । त्रिभुवन विश्वविद्यालयजस्ता संस्थालाई दलगत राजनीतिबाट मुक्त गर्दै विद्यार्थीको समान पहुँच सुनिश्चित गर्नुपर्छ ।

शिक्षा प्रणालीलाई रोजगारमुखी बनाउँदै महङ्गो र व्यापारमुखी प्रवृत्तिलाई अन्त्य गर्न अनावश्यक तहहरूको खारेजी अपरिहार्य छ ।

वर्तमान शिक्षा प्रणालीको आवश्यक दिशा

शिक्षा प्रणालीले नेपालको स्रोत र साधनको उपयोग गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । कृषि, पर्यटन, र जलस्रोतमा आधारित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पाठ्यक्रम र विश्वविद्यालयहरूको पुनःसंरचना गर्नुपर्छ ।

हाल बाँझो रहेको ३३% कृषि भूमि उपयोग गर्न आधुनिक प्रविधि र विज्ञ उत्पादन गर्ने रणनीति विकास गर्न आवश्यक छ ।

सरकारका प्राथमिकता 

शिक्षा, स्वास्थ्य, र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर सरकारको नीति निर्माण हुनुपर्छ । जन्मदेखि वृद्धावस्थासम्मका स्वास्थ्य सेवा र शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गरी ३२ वर्षभित्र रोजगारी सुनिश्चितता दिन सक्षम हुनुपर्छ ।

जेन–जेड पुस्ताको निर्णायक शक्ति

१६ मङ्सिरको उपनिर्वाचनका लागि अद्यावधिक गरिएको मतदाता नामावलीअनुसार, १८ देखि ३० वर्ष उमेर समूहका ३७ लाख ८७ हजार ९१६ मतदाता छन् ।

यो सङ्ख्या कुल मतदाताको २०.८९ प्रतिशत हो। प्रविधिमा निर्भर यो पुस्ताले परम्परागत निर्वाचन प्रणालीलाई चुनौती दिँदै २०८४ को निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ ।

विद्यार्थी सङ्गठनहरूको भूमिका

विद्यार्थी सङ्गठनहरूले उत्कृष्ट शिक्षा नीति निर्माणमा सशक्त भूमिका खेल्न सक्छन् । उनीहरूले शिक्षामा संरचनात्मक सुधार र आधुनिक प्रविधिको उपयोगमार्फत शिक्षाको गुणस्तर सुधार गर्न सक्दछन्

सचेतना अभियान र सङ्गठित प्रयासबाट नीति कार्यान्वयन सुनिश्चित गर्न विद्यार्थीहरूको आवाज बुलन्द बनाउन सकिन्छ ।

विद्यार्थी सङ्गठनहरूले शिक्षा, रोजगार र सामाजिक न्यायजस्ता मुद्दाहरूलाई प्राथमिकतामा राख्दै स्वच्छ र पारदर्शी निर्वाचन सुनिश्चित गर्न भूमिका खेल्नुपर्छ ।

युवाहरूलाई राजनीतिक रूपमा सचेत गराई जिम्मेवार सहभागिता बढाउन र लोकतान्त्रिक मूल्य सुदृढ बनाउन सङ्गठनले पहल गर्नुपर्छ ।

माओवादीप्रति युवा आकर्षणको आधार

प्रचण्ड नेतृत्वको माओवादी आन्दोलनले देशमा ऐतिहासिक परिवर्तन ल्याएको छ । यस आन्दोलनको गौरवमय इतिहासले युवालाई प्रेरणा प्रदान गर्दछ । हामी प्रचण्डजस्ता नेताहरूको योगदानलाई सम्मान गर्दै नयाँ नेतृत्व तयार गर्न चाहन्छौँ ।

निष्कर्ष

समान शिक्षा, युवा नेतृत्व, र संरचनागत सुधारमा विद्यार्थीको योगदानले देशलाई समृद्धितर्फ अग्रसर गराउन महत्त्वपूर्ण भूमिका खेल्छ । नेतृत्व, नीति निर्माण र सुधारका लागि युवा पुस्ताको सक्रियता अनिवार्य छ । हामीले यसैअनुसारको नेतृत्व दिनुपर्छ, यो आजको आवश्यकता हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register