हिउँ चितुवाकाे आखेटाेपहारसहित दुई पुरूष नियन्त्रणमा

नवलपरासी। हिउँ चितुवाकाे आखेटाेपहारसहित दुई व्यक्तिलाई पक्राउ गरिएकाे चितवन राष्ट्रिय निकुञ्जले जनाएकाे छ ।निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला हड्डीकाे ओसारपसार भई रहेकाे गाेप्य सूचनाका आधारमा ती दुई ब्यक्ति प्रकाउ परेका हुन् । राष्ट्रिय निकुञ्ज कार्यालय कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाकाे नयाँ गाेरखगणबाट खटिएको संयुक्त सुरक्षा टाेलीले […]

Jan 23, 2025 - 07:45
 0
हिउँ चितुवाकाे आखेटाेपहारसहित दुई पुरूष नियन्त्रणमा

नवलपरासी।

हिउँ चितुवाकाे आखेटाेपहारसहित दुई व्यक्तिलाई पक्राउ गरिएकाे चितवन राष्ट्रिय निकुञ्जले जनाएकाे छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला हड्डीकाे ओसारपसार भई रहेकाे गाेप्य सूचनाका आधारमा ती दुई ब्यक्ति प्रकाउ परेका हुन् ।

राष्ट्रिय निकुञ्ज कार्यालय कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाकाे नयाँ गाेरखगणबाट खटिएको संयुक्त सुरक्षा टाेलीले भरतपुर महानगरपालिका १० मालपाेत चाेक नजिकबाट हिउँ चितुवाकाे आखेटाेपहारसहित ती ब्यक्तिलाई नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा रहेका दुबै ब्यक्तिमाथि नियमानुसार अनुसन्धान भई रहेकाे निकुञ्ज कार्यालयद्वारा बुधबार जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register