एकदिन पनि टिकेन नेप्सेमा उछाल, परिसूचक ११ अङ्कले घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । हिजो बढेर उछाल आएको बजार परिसूचक आज भने ११ अङ्कले ओरालो लागेको हो । बिहीबार नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घटेर २६५४ दशमलव ३५ को विन्दुमा पुगेको छ । आज ३१८ कम्पनीका ८४ हजार ७ पटकको कारोबारमा १ करोड ५१ […]

Jan 23, 2025 - 09:34
 0
एकदिन पनि टिकेन नेप्सेमा उछाल, परिसूचक ११ अङ्कले घट्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । हिजो बढेर उछाल आएको बजार परिसूचक आज भने ११ अङ्कले ओरालो लागेको हो ।

बिहीबार नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घटेर २६५४ दशमलव ३५ को विन्दुमा पुगेको छ । आज ३१८ कम्पनीका ८४ हजार ७ पटकको कारोबारमा १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ रहेको छ । ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये विकास बैङ्कमा हरियाली छाउँदा निर्माण कम्पनीहरू सामान्य बढेका छन् भने अन्य उपसमूह राताम्मे छन् । आज सप्तकोशी विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register