भैरहवा र पोखराबाट हुने अन्तराष्ट्रिय उडानमा विमानस्थल सेवा शुल्क खारेज, टिकटको मूल्य ३ हजारले घट्ने !  

काठमाडौँ । भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडान टिकटमा लाग्ने सेवा शुल्क खारेज भएको छ । सरकारले २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेसँगै टिकटमा लाग्ने सेवा शुल्क पनि खारेज भएको हो ।  योसँगै अब पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थल हुँदै विदेश जाने यात्रुले काट्ने टिकट […]

Jan 23, 2025 - 12:34
 0
भैरहवा र पोखराबाट हुने अन्तराष्ट्रिय उडानमा विमानस्थल सेवा शुल्क खारेज, टिकटको मूल्य ३ हजारले घट्ने !  

काठमाडौँ । भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडान टिकटमा लाग्ने सेवा शुल्क खारेज भएको छ । सरकारले २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेसँगै टिकटमा लाग्ने सेवा शुल्क पनि खारेज भएको हो । 

योसँगै अब पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थल हुँदै विदेश जाने यात्रुले काट्ने टिकट शुल्क ३ हजार रुपैयाँ घट्ने भएको छ । 

हाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट तीन हजार रुपैयाँ लिँदै आएको छ । तर, अब भने विदेश यात्राका लागि पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुले सो बराबर रकम तिर्नुपर्ने छैन । 

तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हकमा भने सेवा शुल्क यथावत् रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register