महिनावारीसम्बन्धी थाहा पाउनुपर्ने कुरा

काठमाडौं । महिलाको जीवनमा महिनावारी धेरै आवश्यक हुन्छ । शरीरका धेरै कार्यहरू यसै मार्फत नियन्त्रित हुन्छन् । यदि महिनावारीमा अनियमितता देखियो भने धेरै प्रकारका स्वास्थ्य समस्याहरू भोग्नुपर्छ । यो एउटा अत्यन्त आवश्यक प्रक्रिया हो, तर नेपालको केही भागमा छाउपडी प्रथा अझै पनि छ, जहाँ महिनावारी भएको समयमा घरबाट अलग बस्नुपर्छ । महिलालाई अशुद्ध भनेर उनीहरूसँग […]

May 31, 2025 - 12:55
 0
महिनावारीसम्बन्धी थाहा पाउनुपर्ने कुरा

काठमाडौं । महिलाको जीवनमा महिनावारी धेरै आवश्यक हुन्छ । शरीरका धेरै कार्यहरू यसै मार्फत नियन्त्रित हुन्छन् ।

यदि महिनावारीमा अनियमितता देखियो भने धेरै प्रकारका स्वास्थ्य समस्याहरू भोग्नुपर्छ । यो एउटा अत्यन्त आवश्यक प्रक्रिया हो, तर नेपालको केही भागमा छाउपडी प्रथा अझै पनि छ, जहाँ महिनावारी भएको समयमा घरबाट अलग बस्नुपर्छ ।

महिलालाई अशुद्ध भनेर उनीहरूसँग भेदभाव गरिन्छ । महिनावारीसम्बन्धी यस्ता धेरै तथ्य छन्, जसको बारेमा स्वयं महिलालाई पनि थाहा नहुन सक्छ । यसबारेमा जानौँ –

जीवनमा आउने महिनावारीको सङ्ख्या

एक बालिका जब किशोरावस्थामा प्रवेश गर्छिन्, तब उनको महिनावारी सुरु हुन्छ ।

सामान्यतया तेह्र वर्षका उमेरमा महिनावारी सुरु हुन्छ । त्यसपछि लगभग पचास वर्षसम्मका महिलाहरू हरेक महिना महिनावारीबाट गुज्रन्छन् । यद्यपि, अहिले जीवनशैलीमा परिवर्तनका कारण यसको सुरु र अन्त्य हुने उमेरमा ठूलो अन्तर देख्न पाइन्छ । तर, १३ देखि ५० वर्षको उमेरका हिसाबले एक महिलाले आफ्नो जीवनकालमा जम्मा ४४४ पटक महिनावारी भोग्नुपर्छ ।

महिनावारी औसतमा पाँचदेखि सात दिनको हुन्छ । हरेक महिलामा महिनावारी फरक हुन सक्छ । धेरै महिलाहरूलाई भारी रक्तस्राव हुन्छ । यस्ता महिलाहरूमा रगतको कमी पनि देखिन्छ । केहीको महिनावारी छिटै सकिन्छ । यो पनि चिन्ताको विषय हो । तर, यदि औसतलाई मान्ने हो भने एक महिलाले आफ्नो पूरै जीवनको सात वर्ष रगत र दुखाइसँग युद्ध लड्छिन् । यस अवधिमा महिलाको शरीरमा धेरै प्रकारका परिवर्तन हुन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register