प्रकाश ज्वालालाई प्रधानमन्त्री ओलीको प्रतिप्रश्न : आफैं रोक्ने, बनेन भनेर प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको कार्यसूची थियो ‘सांसदहरूले प्रधानमन्त्री सँग प्रश्नोत्तर’ गर्ने । प्रधानमन्त्री केपी ओलीलाई १० जना सांसदहरुले प्रश्न सोध्न नाम टिपाएका थिए । प्रश्नकर्ता मध्येका एक थिए, पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला । ज्वालाले अघिल्लो कार्यकालको प्रधानमन्त्री रहँदा ओलीले शिलान्यास गरेको निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू र पालिका अस्पतालहरू किन […]

Feb 16, 2025 - 09:27
 0
प्रकाश ज्वालालाई प्रधानमन्त्री ओलीको प्रतिप्रश्न : आफैं रोक्ने, बनेन भनेर प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको कार्यसूची थियो ‘सांसदहरूले प्रधानमन्त्री सँग प्रश्नोत्तर’ गर्ने । प्रधानमन्त्री केपी ओलीलाई १० जना सांसदहरुले प्रश्न सोध्न नाम टिपाएका थिए ।

प्रश्नकर्ता मध्येका एक थिए, पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला ।

ज्वालाले अघिल्लो कार्यकालको प्रधानमन्त्री रहँदा ओलीले शिलान्यास गरेको निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू र पालिका अस्पतालहरू किन बनेनन् भन्ने प्रश्न गरेका थिए ।

‘तपाईँले तामझामसहित शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र छन् । पालिकाका अस्पतालहरू कतिका जग मात्र बसेका छन्, कतिका पिल्लरहरु अस्थिपञ्जर जस्तै उभिएका छन्,’ पृष्ठभूमि बताउँदै ज्वालाले प्रश्न गरे, ‘रणनीतिक सडकहरू र पालिका अस्पतालहरूमा बजेटको व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?’

ज्वालाको प्रश्नमा ओलीले भने उल्टो प्रश्न तेर्स्याए । सडक र पालिका अस्पतालको बजेट आफूले नरोकेको जिकिर ओलीको थियो । आफूपछिको सरकारले आफ्नो नेतृत्वमा रहेको बेला सुरु गरेको परियोजनाहरूमाथि बजेको व्यवस्था नगरेको ओलीले बताए । ‘मेरो नेतृत्वपछि आएका सरकारले ती कार्यक्रमहरू सबैलाई थाहा होला निरन्तरता दिएन, निर्माण रोकियो,’ ओलीले भने ।

‘प्रश्नकर्ता माननीय पनि त्यसपछिको सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुन्थ्यो जस्तो लाग्छ । कार्यक्रम रद्द गर्नेहरूले नै फेरी कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने, त्यसको प्रगति खोज्ने, त्यो किन सम्पन्न भएन भनेर सोध्ने ? हाम्रो अनौठो संस्कार छ’, ओलीले ज्वालालाई व्यङ्ग्य गर्दै थपे,  ‘माननीयजी ले भन्नुभए जस्तो केहीका जग बसेका छन्, केही अलपत्र परे भनेजस्तो छैन । केही उद्घाटन भएर सुचारु भएका छन् । केही सङ्ख्यामा निर्माण सम्पन्न भएका छन् ।’

प्रधानमन्त्री ओलीले आफ्ना पुराना आयोजनाहरूलाई निरन्तरता दिनेसमेत बताए ।  ‘उपलब्ध स्रोत साधनलाई ध्यान दिएर बाँकी सडक र अस्पतालहरू प्राथमिकतापूर्वक अहिले निर्माण भइरहेका छन् । हामी फेरि सरकारमा आएको सात आठ महिना भयो होला । सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । स्थानीय तहमा ५-१०-१५ बेडका अस्पतालहरू बनिरहेको छ,’ ओलीले भने, ‘पूर्वाधार निर्माण र जनशक्तिको लागी उपलब्ध स्रोत अनुसार विनियोजन गरिरहेको छ । र, आगामी वर्ष पनि प्राथमिकता साथ निर्माण गरिने छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register