युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

काठमाडौँ। युक्रेन युद्धबारे अमेरिका र रुसका रास्ट्रपतिबीच टेलिफोन संबाद भएको छ। डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच मङ्गलवार बहुप्रतीक्षित टेलिफोन संवाद भएको बीबीसीले जनाएको छ। अमेरिकी र रुसी नेताबीच वासिङ्टनले प्रस्ताव गरेको युक्रेन युद्धमा ३० दिने युद्धविरामलाई लिएर उक्त छलफल तय गरिएको बीबीसीको समाचारमा उल्लेख छ। ज्यानुअरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताहरूबीच थाहा भएको यो दोस्रो […]

Mar 18, 2025 - 16:52
 0
युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

काठमाडौँ।

युक्रेन युद्धबारे अमेरिका र रुसका रास्ट्रपतिबीच टेलिफोन संबाद भएको छ। डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच मङ्गलवार बहुप्रतीक्षित टेलिफोन संवाद भएको बीबीसीले जनाएको छ।

अमेरिकी र रुसी नेताबीच वासिङ्टनले प्रस्ताव गरेको युक्रेन युद्धमा ३० दिने युद्धविरामलाई लिएर उक्त छलफल तय गरिएको बीबीसीको समाचारमा उल्लेख छ।

ज्यानुअरीमा ट्रम्प सत्तामा फर्किएपछि दुई नेताहरूबीच थाहा भएको यो दोस्रो कुराकानी हो।

संवादअघि ट्रम्पले आफ्नो सोसल मिडियामा ‘अब युद्ध रोकिनैपर्ने’ लेखेका थिए।

क्रेम्लिनका प्रवक्ताले संवादको विषय द्विपक्षीय सम्बन्धको सामान्यीकरण र युक्रेन मामिलाको समाधानमा केन्द्रीत हुने बताएका थिए।

उनले दुई नेताले आवश्यकता महसुस गरुन्जेल संवाद गर्ने बताएका थिए।

युद्धविरामसम्बन्धी उक्त प्रस्तावमा गत साता किएभ सहमत भए पनि मस्कोको पूर्ण जबाफ आउन बाँकी छ।

क्रेम्लिनले खास के कुरामा दुई राष्ट्रपतिबीच कुरा हुने भनेर प्रतिक्रिया जनाउन अस्वीकार गर्दै आएको छ।

आइतवार अमेरिकी राष्ट्रपतिले पत्रकारहरूसँग कुरा गर्दै युक्रेनको भूमि र ऊर्जा प्लान्टसहितका ‘केही निश्चित सम्पत्तिहरू भाग लगाउने’बारे कुरा गर्ने बताएका थिए। तर सम्पत्तिको भाग लगाउने भनेको के हो भन्ने ह्वाइटहाउसले प्रस्ट पारेको छैन।

यूएसन्यूज वेबसाइटले सन् २०१४ मा युक्रेनबाट कब्जा गरेको क्राइमियालाई ट्रम्प प्रशासनले रुसी क्षेत्रको रूपमा मान्यता दिने विचार गरिरहेको उल्लेख छ। तर त्यसको पुष्टि गरिएको छैन।

यसअघि मङ्गलवार पुटिनले मस्कोमा उद्योगपति र उद्यमीहरूको बैठकमा रुसमाथि पश्चिमा प्रतिबन्धहरूको विरोध गरेका थिए।

युक्रेनले चाहिँ रुसले साँच्चिकै शान्ति चाहेको भए त्यो देखाउन नि:सर्त ३० दिने युद्धविराममा सहमत हुनुपर्ने बताउँदै आएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register