अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वको कसरत : आज मतदान हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । संगठनको २३औं सम्मेलनबाट सर्बसम्मत हुन नसकेपछि आज मतदानमार्फत नयाँ नेतृत्व छान्ने कसरत भइरहेको हो । साँझ ६ बजेसम्म हुने मतदानबाट अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य छानिने छन् । आजै रातिदेखि मत गणना सुरु गरिने अखिल […]

Jan 25, 2025 - 02:49
 0
अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वको कसरत : आज मतदान हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ ।

संगठनको २३औं सम्मेलनबाट सर्बसम्मत हुन नसकेपछि आज मतदानमार्फत नयाँ नेतृत्व छान्ने कसरत भइरहेको हो ।

साँझ ६ बजेसम्म हुने मतदानबाट अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य छानिने छन् । आजै रातिदेखि मत गणना सुरु गरिने अखिल क्रान्तिकारीले जनाएको छ ।

अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा प्रतिस्पर्धामा छन् ।

३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

यस्तो छ उम्मेदवारको अन्तिम नामावली :

अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register