अमेरिकाले फर्काउन थाल्यो अवैध आप्रवासी, तीन विमानबाट २६५ जनालाई ग्वाटेमाला पुर्‍याइयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला पुगेको छ । मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् । वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन् […]

Jan 25, 2025 - 11:23
 0
अमेरिकाले फर्काउन थाल्यो अवैध आप्रवासी, तीन विमानबाट २६५ जनालाई ग्वाटेमाला पुर्‍याइयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला पुगेको छ ।

मध्य अमेरिकी देशको आप्रवासन संस्थानका अनुसार ग्वाटेमालाका २६५ जना तीन वटा उडानबाट स्वदेश फर्किएका हुन् ।

वासिङ्टनले बिहीबार मेक्सिकोमा चार वटा निर्वासन उडान पनि पठाएको ह्वाइट हाउसका प्रेस सक्रेटरीले एक्समा उल्लेख गरेका छन् ।

मेक्सिको सरकारले उडानहरूको आगमन कुनै सम्झौताको पुष्टि गरेको छैन तर, मेक्सिकोको विदेश मन्त्रालयले आफ्ना नागरिकको निर्वासनका विषयमा वासिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताउँदै मेक्सिकोले ‘ मेक्सिकोका नागरिकको आगमनलाई आफ्नो भूमिमा खुला हातले सधैँ स्वीकार गर्ने’ बताएको छ ।

ह्वाइट हाउसले दुई दिनमा एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेका, सयौँलाई सैनिक विमानबाट देश निकाला गरिएको र ‘इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको’ बताएको छ ।

बिहीबार ५३८ जना अवैध आप्रवासी ‘अपराधी’ पक्राउ परेका छन् भने शुक्रबार ५९३ जना पक्राउ परेका छन् ।

ट्रम्पका पूर्ववर्ती जो बाइडेनको समयमा निर्वासन उडानहरू नियमित रूपमा सञ्चालन गरिएको थियो ।

सन् २०२४ मा कुल दुई लाख ७० हजार व्यक्तिलाई निर्वासित गरिएको थियो यो पछिल्लो एक दशकमा उच्च रेकर्ड हो । उक्त अवधिमा उक लाख १३ हजार ४०० व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register