रुकुम पश्चिममा विवाह गर्न भागेका जोडी मृत भेटिए
सुर्खेत । रुकुमपश्चिममा विवाहका लागि भागेका जोडी मृत अवस्थामा परेका छन् । त्रिवेणी गाउँपालिकाको–४ खुम्चेरीमा केटाकेटी एकै स्थानमा मृत अवस्थामा फेला परेका हुन् । भागिराम खड्काको छोरा लोकेन्द्र खड्का र वडा नम्बर ६ की सपना पुन मगर मृत अवस्थामा फेला परेको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष नन्नराम बाँठाले बताए । स्थानीयका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा फेला […]

सुर्खेत । रुकुमपश्चिममा विवाहका लागि भागेका जोडी मृत अवस्थामा परेका छन् ।
त्रिवेणी गाउँपालिकाको–४ खुम्चेरीमा केटाकेटी एकै स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।
भागिराम खड्काको छोरा लोकेन्द्र खड्का र वडा नम्बर ६ की सपना पुन मगर मृत अवस्थामा फेला परेको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष नन्नराम बाँठाले बताए ।
स्थानीयका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका हुन् भने सपना भुइँ मृत भेटिएकी हुन् ।
चार दिनअघि विवाहका लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए ।
वडाध्यक्ष बाँठाकाअनुसार शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरामा दुवै जना मृत अवस्थामा फेला परेका हुन् ।
लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारका लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो ।
प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।
What's Your Reaction?






