दुर्गा प्रसाईंका सहयोगी संग्रौला पक्राउ

काठमाडौँ। शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी अन्दोलेंका कमान्डर दुर्गा प्रसाईंका सहयोगी पक्राउ परेका छन्। झापा घर भएका देवी संग्रौलालाई प्रहरीको विशेष टोलीले सोमबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो। प्रहरीले तीनकुने घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी जारी राखेको छ। तीनकुनेमा दुई जनाको ज्यान लिएको, विभिन्न कार्यालय तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको, लुटपाट गरेको […]

Mar 31, 2025 - 16:18
 0
दुर्गा प्रसाईंका सहयोगी संग्रौला पक्राउ

काठमाडौँ।

शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी अन्दोलेंका कमान्डर दुर्गा प्रसाईंका सहयोगी पक्राउ परेका छन्। झापा घर भएका देवी संग्रौलालाई प्रहरीको विशेष टोलीले सोमबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो।

प्रहरीले तीनकुने घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी जारी राखेको छ।

तीनकुनेमा दुई जनाको ज्यान लिएको, विभिन्न कार्यालय तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गरेको, लुटपाट गरेको लगायतका कसुरमा प्रहरीले पहिलोपटक आइतबार ४१ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइसकेको छ।

यसरी पक्राउ पर्नेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register