आइतबार १०.४१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार ३ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jan 26, 2025 - 09:44
 0
आइतबार १०.४१ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार ३ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ३९ करोड ५३ लाख ७३ हजार २ सय १२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज उपकार लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, बोटलर्स नेपाल बालाजु लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आज बोटलर्स नेपालसहित चार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register