मन्त्री अधिकारीको दाबी- ‘दुई वर्षभित्र सहकारीको समस्या समाधान हुन्छ’ 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएको समस्या दुई वर्षभित्र समाधान हुने बताएका छन् । ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले हाल सरकार सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नतर्फ केन्द्रित भएकाले आगामी दुई वर्षभित्र समस्या समाधान हुने […]

Jan 27, 2025 - 10:47
 0
मन्त्री अधिकारीको दाबी- ‘दुई वर्षभित्र सहकारीको समस्या समाधान हुन्छ’ 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएको समस्या दुई वर्षभित्र समाधान हुने बताएका छन् । ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले हाल सरकार सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नतर्फ केन्द्रित भएकाले आगामी दुई वर्षभित्र समस्या समाधान हुने बताएका छन् । 

सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सहकारी क्षेत्रको सुधारका लागि प्राधिकरणको कार्यालय स्थापना गरेको हो । सोही प्राधिकरणले अब दुई वर्षभित्र समस्या समाधान गर्नेगरी काम गर्ने मन्त्री अधिकारीले बताएका छन् । 

प्राधिकरणको स्थापनासँगै अब हरेक सहकारीको नियमन र अनुगमन प्राधिकरणले नै गर्नेछ । त्यस्तै, मन्त्री अधिकारीले सहकारीको बचत अपचलन गर्नेलाई कानूनको दायरामा ल्याउन पनि सहज हुने बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register