रवि लामिछानेमाथि भइरहेको कारबाही कानूनसम्मत : प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको कारबाही कानूनसम्मत रहेको बताएका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘रवि लामिछानेमाथि जे कारबाही भइरहेको छ, त्यो नेपालको कानूनबमोजिम भइरहेको छ । कानूनबमोजिम नै अदालतले कारबाही गरिरहेको छ । […]

Jan 27, 2025 - 11:14
 0
रवि लामिछानेमाथि भइरहेको कारबाही कानूनसम्मत : प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको कारबाही कानूनसम्मत रहेको बताएका छन् ।

सोमबार पार्टीको संसदीय दलको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘रवि लामिछानेमाथि जे कारबाही भइरहेको छ, त्यो नेपालको कानूनबमोजिम भइरहेको छ । कानूनबमोजिम नै अदालतले कारबाही गरिरहेको छ । धरौटीमा छोडिरहेको छ । त्यो कुरालाई सबैले सम्मान गर्नुपर्छ ।’

लामिछानेमाथि सरकारले कुनै प्रतिशोध नसाँधेको उनी बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register