कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढे : युनिसेफ

एजेन्सी । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ । सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको शिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ । उक्त […]

Apr 12, 2025 - 11:14
 0
कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढे : युनिसेफ

एजेन्सी । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ ।

सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा भएको तीव्र द्वन्द्वको समयमा औसतमा हरेक ३० मिनेटमा एक बालबालिका यौन हिंसाको शिकार भएको रिपोर्ट गरिएको युनिसेफले जनाएको छ ।

उक्त अवधिमा झण्डै १० हजार यौन हिंसासम्बन्धी घटनाहरू सङ्कलन गरिएका छन्, जसमा ३५ देखि ४५ प्रतिशत पीडितहरू बालबालिका रहेको युनिसेफका प्रवक्ता जेम्स एल्डरले जानकारी दिए ।

‘हामी छुट्टाछुट्टै घटनाको कुरा गरिरहेका छैनौँ । यो त गम्भीर मानवअधिकार सङ्कट हो । कतिपय पीडितहरू निकै साना बालबालिका हुन् । यौन हिंसालाई युद्धको हतियार र त्रास सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गरिएको देखिन्छ । यसले परिवार र समुदायमा गहिरो असर पारिरहेको छ,’ उनले भने ।

उनले अझै धेरै घटनाहरू डर, लाज वा असुरक्षाका कारण रिपोर्ट नभएको हुनसक्ने भन्दै अहिले उपलब्ध तथ्याङ्क केही अंश मात्रै हुनसक्ने बताए । युनिसेफले अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकाको सुरक्षा र न्यायका लागि तत्काल तथा समन्वित प्रयास गर्न आग्रह गरेको छ ।

‘हामीलाई रोकथामका लागि थप प्रयास, पीडितमैत्री सेवा र उजुरी गर्न सकिने सुरक्षित तथा विश्वसनीय माध्यमहरू आवश्यक छन् । पीडितहरूले महसुस गर्नुपर्छ कि विश्व उनीहरूका पक्षमा उभिएको छ । साथै, अपराध गर्ने व्यक्तिहरूले कानुनी जिम्मेवारी वहन गर्नैपर्छ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register