माधव नेपालको प्रश्न : प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति उपयुक्त हो कि होइन भन्नेबारे बहस गर्नुपर्ने बताएका छन् । मङ्गलबार काठमाडौंमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै उनले नेपालजस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हानिकारक हुने बताएका हुन् । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग […]

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति उपयुक्त हो कि होइन भन्नेबारे बहस गर्नुपर्ने बताएका छन् ।
मङ्गलबार काठमाडौंमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै उनले नेपालजस्तो संवेदनशील देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हानिकारक हुने बताएका हुन् ।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ । नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ’, उनले भने, ‘मेरो धारणा फरक छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिजस्तो घाँडो प्रणालीमा गयो भने के होला देशको हालत ?’
नेपालले विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू बारे धेरैलाई जानकारी नभएको भन्दै यस विषयमा एउटा गोष्ठी राख्न सुझाव दिए । ‘एउटा गोष्ठी राख्नुस्, म सबै विवरण नै दिन्छु । म आफैँ त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु,’ उनले भने ।
उनले नेपालमा कम्युनिस्ट पार्टी एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राखे । विचार मिलेन र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने भन्दै उनले एउटै पार्टी बनाउन नसकेपनि समाजवादी मोर्चा बनाएर जानुपर्नेमा जोड दिए ।
What's Your Reaction?






