देउवा किन जाँदैछन् भारत, के गर्नेछन् उत्तर प्रदेशमा ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार भारत प्रस्थान गर्दैछन् । उत्तर प्रदेश सरकारको आयोजनामा हुन लागेको कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सन्सटेनएबलिटी कार्यक्रममा वक्ताका रूपमा देउवा सहभागी हुने भएका हुन् । उक्त सम्मेलनमा विभिन्न विज्ञहरूले तटस्थ समाज, शून्य कार्बन उत्सर्जन, जलवायु परिवर्तनका चुनौती, वातावरण सुहाउँदो जीवनशैली, दीगो विकास लगायतका विषयमा छलफल हुने […]

Feb 19, 2025 - 09:46
 0
देउवा किन जाँदैछन् भारत, के गर्नेछन् उत्तर प्रदेशमा ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार भारत प्रस्थान गर्दैछन् ।

उत्तर प्रदेश सरकारको आयोजनामा हुन लागेको कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सन्सटेनएबलिटी कार्यक्रममा वक्ताका रूपमा देउवा सहभागी हुने भएका हुन् ।

उक्त सम्मेलनमा विभिन्न विज्ञहरूले तटस्थ समाज, शून्य कार्बन उत्सर्जन, जलवायु परिवर्तनका चुनौती, वातावरण सुहाउँदो जीवनशैली, दीगो विकास लगायतका विषयमा छलफल हुने कार्यक्रमबारे इण्डिया फाउन्डेसनले प्रकाशित गरेको पर्चामा उल्लेख छ ।

कार्यक्रममा अनियमित उपभोग ढाँचा, द्रुत शहरीकरण, फोहोर व्यवस्थापनका चुनौती र बढ्दो जनसङ्ख्याका कारण सिर्जित असन्तुलनका कारणबारे पनि छलफल हुनेछ । जलवायु परिवर्तनका कारण मानव सभ्यता र पृथ्वीमा उत्पन्न संकटका सवालमा पनि विज्ञहरूबीच बहस हुने फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनले कार्यक्रबारे जारी गरेको पर्चामा भनिएको छ – ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी ले वातावरणीय चुनौतीहरूलाई पुरातन ज्ञान र आधुनिक दिगो विकासका अभ्यासहरूबाट सम्बोधनको पहल गर्नेछ ।’

दिगो विकासका लागि आधुनिक प्रवधि र परम्परागत ज्ञानबीच सन्तुलन मिलाउने विषयमा बहस केन्द्रित हुने फाउण्डेसनको भनाइ छ । त्यस सम्मेलनमा विषयगत सत्र, मन्त्रीस्तरीय सम्बोधन, प्यानल छलफल र प्रदर्शनी समेत छ । सम्मेलननले दिगो विकासका लागि स्थानीय, राष्ट्रिय र विश्वव्यापी तहमा लागू गर्नसकिने नीतिबारे विस्तृत योजना अघि सार्ने आयोजकले जनाएको छ ।

सम्मेलनमा वक्ताका रूपमा भारतले देउवा सहित १० मुलुकका प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register