माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया

रोशन काफ्लेमाईजोगमाई, १५ माघ । माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर ९एचपिभी० खोपसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका लागि कार्यक्रम सम्पन्न गरिएको थियो । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता तथा उपाध्यक्ष प्रविना राईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । पछिल्लो समय पाठेघरको [...] The post माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया appeared first on Jhapa Online.

Jan 28, 2025 - 11:01
 0
माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया

रोशन काफ्ले
माईजोगमाई, १५ माघ ।
माइजोगमाई गाउँपालिकामा हुमन प्याथोमा भाइसर ९एचपिभी० खोपसम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न भएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा नयाँबजारस्थित अमर कल्याण माविको भवनमा पालिकास्तरीय खोप समन्वय तथा सरोकारवालाका लागि कार्यक्रम सम्पन्न गरिएको थियो । गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षता तथा उपाध्यक्ष प्रविना राईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समय पाठेघरको मुखको क्यान्सर दिनानुदिन बढ्दो छ । यसको रोकथाम र महामारी नफैलियोस् भनेर ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । खोपको प्रभावबारे माइजोगमाई आधारभूत स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी एस्मिनले शुभकामना मन्तव्य राखेकी थिइन् ।

एचपिभी खोप महिलालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप हो । यो खोप निःशुल्क रूपमा लगाइँदैछ । इलाम जिल्लाका १० वटै स्थानिय तहमा माघ २७ देखि फागुन २ सम्म खोप कार्यक्रम सञ्चालन हुँदैछ ।

माइजोगमाईमा पहिलो चरणमा विद्यालय तहमा कक्षा ६ देखि १० कक्षा सम्मका किसोरीलाई र विद्यालयबाहिर १० देखि १४ वर्ष उमेरसमूहका किसोरीलाई खोप लगाइने अभियान रहेको स्वास्थ्य शाखा प्रमुख रामशंखर देवले जानकारी दिए ।

एचपिभी खोप नेपाल सरकारको पहलमा चीन सरकारसँग भ्याक्सिन खरिद गरेर सञ्चालन हुँदैछ । पाठेघरको मुखको क्यानसरबाट हालसम्म नेपालमा ३ लाख ११ जनाको मृत्यु भइसकेको र पछिल्लो समय पाठेघरको मुखको क्यासर बढ्दो रूपमा रहेको देवले राजकारी दिए ।

उपाध्यक्ष राईले स्वास्थ्यलाई प्रमुख दायित्व मानेर स्वास्थ नै ठूलो धन मानेर पालिकाले अझ स्वास्थ क्षेत्रमा केही कार्यक्रम गर्नुपर्ने बताइन् । विशेषगरी महिलालाई धेरै रोगले सताउने र सबै महिलाले खुलेर बोल्न नसक्ने हुँदा महिलालाई खुलेर रोगको बारे बताउनसमेत उपाध्यक्ष राईले आग्रह गरिन् ।

गाउँपालिका अध्यक्ष थेबेले स्वास्थमा आफैंले सुरक्षा अपनाउनुपर्ने बताए । सचेतना कार्यक्रम, प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए । पहिलो चरणमा जति लक्ष्य राखिएको छ, त्यो पूरा गर्न सहयोगका लागि सबैसँग उनले आग्रहसमेत गरेका छन् । माइजोगमाई गाउँपालिकाभरमा पहिलो चरणमा पाँच सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

The post माइजोगमाईमा एचपिभी खोप सम्बन्धी अन्तरक्रिया appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register