झापाका सन्थाल समुदायले मनाए मौलिक सोहराय पर्व

झापा, १५ माघ । झापामा सबैभन्दा धेरै बसोबास रहेको सिमान्तकृत आदिवासी सन्थाल समुदायले आज मौलिक सोहराय पर्व मनाएका छन् । सन्थाल समुदायले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमका साथ झापामा यो पर्व मनाएका हुन् । को अवसरमा झापाको हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले आज स्थानीय बिदा दिएका छन् । आज सोहरायको पहिलो दिन हो । सन्थाल [...] The post झापाका सन्थाल समुदायले मनाए मौलिक सोहराय पर्व appeared first on Jhapa Online.

Jan 28, 2025 - 14:58
 0
झापाका सन्थाल समुदायले मनाए मौलिक सोहराय पर्व

झापा, १५ माघ । झापामा सबैभन्दा धेरै बसोबास रहेको सिमान्तकृत आदिवासी सन्थाल समुदायले आज मौलिक सोहराय पर्व मनाएका छन् ।

सन्थाल समुदायले विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमका साथ झापामा यो पर्व मनाएका हुन् । को अवसरमा झापाको हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिकाले आज स्थानीय बिदा दिएका छन् । आज सोहरायको पहिलो दिन हो ।

सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्वका साथ मनाउने गर्दछन् । हल्दिवारी, कचनकवल, बाह्रदशी, झापा, कमल, गौरीगन्ज गाउँपालिका तथा भद्रपुर र कनकाई नगरपालिकामा सन्थाल समुदायको बसोबास रहेको छ । आज सन्थाल समुदायको बसोबास रहेको झापाका स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका थिए ।

सन्थाल समुदायले यो पर्व छ दिनसम्म मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव मुर्मूले जानकारी दिनुभयो । उहाँका अनुसार सोहरायको पहिलो दिनलाई ‘उम’ भनिन्छ भने दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैटौँ दिनलाई ‘साकरात’ भनिन्छ । सन्थाल समुदायले यो पर्व ‘सारना’ ९बिदिन० धर्म अन्तर्गत रहेर मनाउने गरेको पनि उहाँले बताउनुभयो । झापामा सन्थाल समुदायको जनसङ्ख्या करिब ३७ हजार रहेको बताइन्छ ।

के हो ‘सोहराय’ पर्व
सोहराय पर्व सन्थाल जातिहरूको धार्मिक पर्व हो । सन्थालहरूको चाड सँगसँगै अन्नबाली संरक्षण र गाई वस्तुहरूको सम्मान गर्ने पर्वका रुपमा समेत यो पर्वलाई लिइने गरिएको छ । सोहराय शब्दको उत्पत्ति ‘साहाराय’ बाट अपभ्रंश भएर ‘सोहराय’ भएको हो ।

नेपालमा बसोबास गर्ने सन्थाल समुदायले यो पर्व गाउँको समय अनुकूल पुस महिनाको अन्तिममा मनाउँछन् भने कसैले माघ महिनाको पूर्णिमा र कसैले फागुनको पूर्णिमासम्म मनाउने गरेका छन् । सन्थाल समुदायले यो पर्व ‘सारना’ ९बिदिन० धर्म अन्तर्गत रहेर यो पर्व मनाउने गरेको नेपाल सन्थाल आदिवासी उत्थान संघ बाह्रदशीका सचिव शिव बताउँछन् ।

The post झापाका सन्थाल समुदायले मनाए मौलिक सोहराय पर्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register