‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !  

काठमाडौँ । ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका दिपेन कार्कीलाई एनआईसी एशिया बैंकले अझै पनि कारवाही नगरेको पाइएको छ । एक युवतीलाई बैंकमा जागिर लगाइदिन्छु भन्दै दुर्व्यवहार गरेको आरोपमा कार्कीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर एक रात हिरासतमै राखेको थियो । उनी एनआईसी एशिया बैंकका कम्पनी सचिवसमेत हुन् ।  […]

Feb 11, 2025 - 08:42
 0
‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !  

काठमाडौँ । ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका दिपेन कार्कीलाई एनआईसी एशिया बैंकले अझै पनि कारवाही नगरेको पाइएको छ । एक युवतीलाई बैंकमा जागिर लगाइदिन्छु भन्दै दुर्व्यवहार गरेको आरोपमा कार्कीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर एक रात हिरासतमै राखेको थियो । उनी एनआईसी एशिया बैंकका कम्पनी सचिवसमेत हुन् । 

‘यौन दुर्व्यवहार’ आरोपमा थुनामा परिसकेका र आफ्नो पद र अख्तियारीको चरम दुरुपयोग गरेर जाहेरी फिर्ता गराउन बैंकको नाममा गैरकानूनी कागज गरेको खुलासा हुँदा पनि बैंकलाई उनलाई कारवाही नगरेको पाइएको छ । 

बरु बैंकले उल्टै उनैलाई बैंकको साधारण सभा सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । बैंकले फागुन २२ गते साधारणसभा बोलाएको छ । बैंकको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २२ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा २७औँ वार्षिक बोलाएको हो ।

बैंकले सभामा अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव लैजाने भएको छ । साथै बैंकले ५ अर्ब रुपैयाँ एनआईसी एशिया बैंक अविमोच्य असञ्चिति सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०८० ८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त र एनआईसी एशिया क्यापिटलको वित्तीय विवरण पनि पारित गर्ने प्रस्ताव पेश गरिने बैंकले जनाएको छ । 

बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ७ गतेसम्म कायम रहेका सेयरधनीहरुले भने सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register