पाथीभरामा केबलकार निर्माण विवादबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्दै योगेश भट्टराई

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले पाथीभरामा केबलकार विवादबारे आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्ने भएका छन् । यसका लागि आज (बुधबार) मध्यान्ह १२ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा पत्रकार सम्मलेन गरिने ताप्लेजुङका सांसदसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘ताप्लेजुङ जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थल पाथीभरामा केहीदिन यता घटेका […]

Jan 29, 2025 - 02:45
 0
पाथीभरामा केबलकार निर्माण विवादबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्दै योगेश भट्टराई

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले पाथीभरामा केबलकार विवादबारे आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्ने भएका छन् ।

यसका लागि आज (बुधबार) मध्यान्ह १२ बजे काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा पत्रकार सम्मलेन गरिने ताप्लेजुङका सांसदसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘ताप्लेजुङ जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थल पाथीभरामा केहीदिन यता घटेका घटना र केबलकार निर्माणका सन्दर्भमा मेरा धारणा र सुचनाहरू पत्रकार मित्रहरूमार्फत सार्वजनिक गर्दैछु । त्यसका लागि माघ १६ गते अपराह्न १२ बजे बागबजारको होटल हार्दिकमा सञ्चारकर्मी मित्रहरूलाई हार्दिक आमन्त्रण गर्दछु,’ उनले फेसकूकमा लेखेका छन् ।

पाथीभरा मन्दिरमा केबलकार निर्माण थालेपछि केहीदिनयता काफ्लेपाटी क्षेत्र अशान्त भएको छ । पहिचान पक्षधरहरूले काठमाडौंमा समेत आन्दोलन गरेका छन् । लिम्बू समूदायले पाथीभरा क्षेत्रलाई मुकुम्लुङ भन्ने गरेका छन् । विशेषगरी लिम्बू समुदायका पहिचान पक्षधरहरू आन्दोलनमा उत्रिएका हुन् ।

केहीदिनअघि भएको झडपमा सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । चार गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

यसैबीच पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय भइसकेको छ ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो नर्णय गरेको थियो ।

यस्तै बैठकले वार्ता समिति गठन गर्ने र बुधबार संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने निर्णय भएको पनि एक सांसदले बताए ।

बैठकमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद भट्टराई र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही लगायतको सहभागी थियो ।

घटनाको पछिल्लो अवस्थाबारे प्रहरी महानिरीक्षक कुँवरले ब्रिफिङ गरेको बताइएको छ ।

यस्तै कोशी प्रदेश सरकारले पहिचानवादीलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलबार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register