रास्वपाले अध्यादेश अस्वीकारको सूचना प्रस्ताव गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यादेश अस्वीकारको सूचना प्रस्ताव गर्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेमाथि मुद्दा दायरको विरुद्धमा विरोध गर्ने पनि निर्णय गरेको छ । परियारले भने, ‘उहाँको सांसद पद निलम्बन भएको छ । त्यो […]

Jan 29, 2025 - 11:00
 0
रास्वपाले अध्यादेश अस्वीकारको सूचना प्रस्ताव गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यादेश अस्वीकारको सूचना प्रस्ताव गर्ने भएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेमाथि मुद्दा दायरको विरुद्धमा विरोध गर्ने पनि निर्णय गरेको छ ।

परियारले भने, ‘उहाँको सांसद पद निलम्बन भएको छ । त्यो प्रतिनिधि सभाको नियमावली र संविधानसँग मिल्दैन । उहाँलाई अन्य मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा जोडिएको छ ।’

साथै, सहकारीको मुद्दामा पनि आवाज उठाउने भएको छ । र, पार्टीले पाथीभरामा भएको झपडका पीडितलाई न्याय दिन माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register