स्विस–नेपाल साझेदारीले कोशीको डेरी क्षेत्रमा वृद्धि

काठमाडौं । कोशी प्रदेशका डेरी उद्योगहरूले नेपालभित्र बढ्दो विविधतापूर्ण डेरी उत्पादनको माग पूरा गर्न महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । विशेषगरी आतिथ्य क्षेत्रका लागि तयार गरिएको साना प्याकेटमा स्थानीयस्तरमा उत्पादन गरिएको दूधको धुलोले आयातमा निर्भरता घटाउँदै लगेको छ । स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहायतामा सञ्चालित परियोजना सहज, नेपाल कृषि बजार विकास कार्यक्रम चरण २ ९एनएएमडिपी […]

Jan 30, 2025 - 07:57
 0
स्विस–नेपाल साझेदारीले कोशीको डेरी क्षेत्रमा वृद्धि

काठमाडौं ।

कोशी प्रदेशका डेरी उद्योगहरूले नेपालभित्र बढ्दो विविधतापूर्ण डेरी उत्पादनको माग पूरा गर्न महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । विशेषगरी आतिथ्य क्षेत्रका लागि तयार गरिएको साना प्याकेटमा स्थानीयस्तरमा उत्पादन गरिएको दूधको धुलोले आयातमा निर्भरता घटाउँदै लगेको छ ।

स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहायतामा सञ्चालित परियोजना सहज, नेपाल कृषि बजार विकास कार्यक्रम चरण २ ९एनएएमडिपी फेस २० ले कोशीको आत्मनिर्भरता र नवप्रवर्तन क्षमतामा वृद्धि गरेको हो । सहज परियोजना स्विट्जरल्यान्ड र नेपाल सरकारबीचको द्विपक्षीय पहल, सहज स्वीस कन्ट्याक्ट (मुख्य संस्था) र सिप्रेडद्वारा कार्यान्वयन गरिएको परियोजना हो । यसले कोशी प्रदेशको डेरी, अलैँची, तरकारी, र मकै गरी चार प्रमुख कृषि क्षेत्रमा कार्यक्रम सञ्चालन गरी रहेको छ ।

कृषि २०२१र२२ को राष्ट्रिय नमूना गणनाका अनुसार नेपालमा करिब दुई दशमलव १३ मिलियन कृषि होल्डिङहरू छन् । यसमा डेरी फार्मिङ प्रमुख जीविकोपार्जनको रूपमा रहेको छ । कोशी प्रदेशमा मात्र करिब १४ हजार छ सय ९८ परिवार डेरी फार्मिङमा संलग्न छन् । यसले वार्षिक पाँच लाखदेखि छ लाख टन दूध उत्पादन गर्छन् । एसडीसी परियोजना सहजले गरेको लगानी, च्यालेन्ज फन्डले यी डेरी किसानहरूको आय र जीवनस्तर सुधार गर्दै आयातित डेरी उत्पादनहरूमा निर्भरता घटाएको जनाइएको छ । सहजले मंगलबार विराटनगरमा ‘विविध डेरी उत्पादनहरूको प्रदर्शनी र परीक्षण’ कार्यक्रम समेत आयोजना गरेको थियो ।

प्रदर्शनी र परीक्षण कार्यक्रममा च्यालेन्ज फण्डको दोस्रो चरणका विजेताहरूको उत्पादन प्रदर्शन गरिएको थियो । कार्यक्रममा परियोजना सहजकी टिम लिडर रिमा श्रेष्ठले सहज च्यालेन्ज फण्डले डेरी क्षेत्रमा नवप्रवर्तन प्रवद्र्धन गर्न ध्यान केन्द्रित गरेको बताइन् ।

एक सय ४६ आवेदकहरूमध्ये पाँचलाई उद्योगका चुनौतीहरूको समाधान गर्न उनीहरूको अनौँठो दृष्टिकोणको आधारमा चयन गरिएको उनले जानकारी दिइन् । कार्यक्रममा सहभागीहरूले लस्सी, फ्लेवर गरिएको दूध, चेडार र गौडा चीजजस्ता विविध डेरी उत्पादनहरूको प्रर्दशनी गरिएको थियो ।

कार्यक्रममा आधुनिक नेपाल डेरीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले सहजसँगको साझेदारीभन्दा पहिले कम्पनीले दैनिक पाँचरछ सय लिटर दूध प्रशोधन गर्ने गरेको बताए । स्विस कन्ट्याक्टको सिनियर एक्सपर्ट कन्ट्याक्टमार्फत प्राप्त तालिमपछि आधुनिक नेपाल डेरीले अब एक हजार आठ सयदेखि दुई हजार लिटर दूधलाई गौडा र चेडार चिजमा प्रशोधन गर्ने गरेको जानकारी दिए ।

यस्तै, सूर्योदय डेरीका प्रबन्ध निर्देशक मनोज यादवले सहजको समर्थनले प्याकेजिङ साइजलाई तीन ग्रामदेखि एक किलोग्रामसम्म विविधतामा बदल्न सक्षम बनाएको बताए । पर्यटन क्षेत्रलाई लक्षित गर्दै नयाँ उत्पादन श्रृङ्खला वैशाख २०८२ मा सार्वजनिक हुने तयारीमा रहेको समेत उनले जानकारी दिए ।

स्थानीय दूध संकलक लक्ष्मी बजगाईले यहाँ सञ्चालित रितिका डेरीले नवीन उत्पादनहरू सुरू गरेर रोजगारीका अवसरहरू सिर्जना गरेको बताइन् । सहज च्यालेन्ज फन्डले आफ्ना उत्पादनहरूलाई ठूला बजारमा लैजानका लागि सहज बनाएको रितिका डेरीका प्रतिनिधिले बताए । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि, तथा सहकारीमन्त्री खगेनसिंह हाङामले कोशी क्षेत्रका किसानहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । यस वर्ष कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउतले भारतबाट डेरी उत्पादन आयातमा प्रतिबन्ध लगाएर डेरी उद्योगलाई सहयोग गर्ने सरकारको भूमिकालाई प्रंशसा गरे । उनले होटेलहरूमा स्थानीयस्तरमा उत्पादन गरिएको डेरी पाउडरको साना प्याकेटहरू प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । कोशी प्रदेश उद्योग, कृषि, तथा सहकारी मन्त्रालयका सचिव डा। सरदकुमार पाण्डेले डेरी उद्योगको सम्भावनाको महत्वलाई जोड दिएका थिए । प्रदेश सरकारले डेरी क्षेत्रलाई प्राथमिकतामा राख्दै यसलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register