भारतको कुम्भ मेलाबाट फर्किँदा दुर्घटना, पाँच नेपालीको मृत्यु

झापा, १९ माघ । भारतमा लाग्ने प्रख्यात कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा परी महोत्तरीका एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटना भारतको मुजफ्फरपुर सदरथाना क्षेत्रमा दिउँसो २ बजेको समयमा भएको हो । तीव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको भारतीय [...] The post भारतको कुम्भ मेलाबाट फर्किँदा दुर्घटना, पाँच नेपालीको मृत्यु appeared first on Jhapa Online.

Feb 1, 2025 - 15:47
 0
भारतको कुम्भ मेलाबाट फर्किँदा दुर्घटना, पाँच नेपालीको मृत्यु

झापा, १९ माघ । भारतमा लाग्ने प्रख्यात कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा परी महोत्तरीका एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटना भारतको मुजफ्फरपुर सदरथाना क्षेत्रमा दिउँसो २ बजेको समयमा भएको हो । तीव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा श्रीमान्, श्रीमती, मामा, माइजू र चालकको मृत्यु भएको हो । दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दुदेवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका चालक २४ वर्षीय शम्भु ठाकुरको मृत्यु भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको सम्बन्धमा भारतीय प्रहरीसँग बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तु जैसवालले जानकारी दिनुभयो ।

The post भारतको कुम्भ मेलाबाट फर्किँदा दुर्घटना, पाँच नेपालीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register