झापाको मेचीनगरबाट एक करोड बराबरको अवैध सामान बरामद

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो सशस्त्र प्रहरीले करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरेको छ । मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र [...] The post झापाको मेचीनगरबाट एक करोड बराबरको अवैध सामान बरामद appeared first on Jhapa Online.

Mar 25, 2025 - 16:36
 0
झापाको मेचीनगरबाट एक करोड बराबरको अवैध सामान बरामद

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो सशस्त्र प्रहरीले करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरेको छ ।

मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वारबाट प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्डमा खटिएको टोली र राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उनीहरुको घरबाट उक्त सामान बरामद गरेको हो ।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा गरी सामान बरामद गरिएको उहाँले बताउनुभयो । बरामद सामान आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

The post झापाको मेचीनगरबाट एक करोड बराबरको अवैध सामान बरामद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register