मुक्तियोद्धा अमृतबहादुर आङ्देम्वेको अन्त्येष्टि

जलथल, १९ माघ । मुक्तियोद्धा अमृतबहादुर आङ्देम्वेको आज संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । मुक्तियोद्धा आङ्देम्वेको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गर्नु भएको थियो । सो क्रममा नेता सिटौलाले निष्ठाको राजनीतिका पर्यायका रूपमा रहेका आङ्देम्वेको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो । कांग्रेस नेताहरू [...] The post मुक्तियोद्धा अमृतबहादुर आङ्देम्वेको अन्त्येष्टि appeared first on Jhapa Online.

Feb 1, 2025 - 15:44
 0
मुक्तियोद्धा अमृतबहादुर आङ्देम्वेको अन्त्येष्टि

जलथल, १९ माघ । मुक्तियोद्धा अमृतबहादुर आङ्देम्वेको आज संस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।

मुक्तियोद्धा आङ्देम्वेको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको झण्डा ओढाएर अन्तिम विदाई गर्नु भएको थियो । सो क्रममा नेता सिटौलाले निष्ठाको राजनीतिका पर्यायका रूपमा रहेका आङ्देम्वेको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनु भयो ।

कांग्रेस नेताहरू कृष्णप्रसाद भट्टराई, विपी कोइराला, भुविक्रम नेम्वाङ, सिके प्रसाईं, गिरीजाप्रसाद, सुशील कोइराला जस्ता नेताहरू सहपाठी रहेका स्व। आङ्देम्वे पार्टीका इमान्दार कार्यकर्ताको रूपमा चिनिएको नेता सिटौलाले बताउनु भयो । राणा शासन विरूद्व हतियार उठाएर जनताको मुक्तिका लागि लडेका मुक्तियोद्वा आङ्देम्बेले कहिले पनि आफूलाई परेको दुःख पोखेर गुनासो नगरेको नेता सिटौलाले बताउनु भयो ।

आजको दिनमा इमान्दार राजनीति गर्नसके मात्रै स्व अमृतबहादुरप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । अमृतबहादुरको शनिबार दिउसो चारकोसे जंगलको चिहानडाँडामा लिम्बू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । १९८२ सालमा पाँचथरमा जन्मिएका आङ्देम्वेको शुक्रवार ९९ वर्षको उमेरमा निधन भएको थियो ।

The post मुक्तियोद्धा अमृतबहादुर आङ्देम्वेको अन्त्येष्टि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register