लन्डनमा स्याब्रु नाच र पूजासहित ह्योल्मो समुदायले मनायो सोनाम ल्होछार

लन्डन—यो सप्ताहन्त बेलायत सोनाम ल्होछारमय बन्यो। विभिन्न संघसंस्थाले २८६१ औं डुल ल्हो सोनाम ल्होछारको अवसर पारेर भिन्नभिन्न कार्यक्रम गरे ।  आज शनिबार केन्ट ह्युल्बा तामाङ समाजले बेलायतको केन्टमा, तामाङ सोसाइटी अफ यूकेले अल्डरशटको एम्पाएर हलमा विविध संस्कृतिक एवं शुभकामना आदानप्रदान कार्यक्रम गरे ।  आजै लन्डनको वेम्ब्लीस्थित क्ले ओवन ब्यांकक्यूटिङ हलमा ह्योल्मो समाज यूकेले एक पृथक एवं […]

Feb 1, 2025 - 23:59
 0
लन्डनमा स्याब्रु नाच र पूजासहित ह्योल्मो समुदायले मनायो सोनाम ल्होछार

लन्डन—यो सप्ताहन्त बेलायत सोनाम ल्होछारमय बन्यो। विभिन्न संघसंस्थाले २८६१ औं डुल ल्हो सोनाम ल्होछारको अवसर पारेर भिन्नभिन्न कार्यक्रम गरे । 

आज शनिबार केन्ट ह्युल्बा तामाङ समाजले बेलायतको केन्टमा, तामाङ सोसाइटी अफ यूकेले अल्डरशटको एम्पाएर हलमा विविध संस्कृतिक एवं शुभकामना आदानप्रदान कार्यक्रम गरे । 

आजै लन्डनको वेम्ब्लीस्थित क्ले ओवन ब्यांकक्यूटिङ हलमा ह्योल्मो समाज यूकेले एक पृथक एवं अलग शैलीको ल्होछार मनायो ।

कार्यक्रममा ह्योल्मो, गैर ह्योल्मो र तामाङहरु गरि २०० जनाको उपस्थिति थियो । कार्यक्रममा बेलायतको पोर्ट्समथ, बर्मिङ्घम र लण्डनका ह्योल्मोहरु भेला भएका थिए ।  

लामा गुरु बाबुसिंगी लामा र म्हेचुङ लामाको पूजाबाट कार्यक्रम सुरु भएको थियो । लामाद्वय लोसुम दासुम हुन् । लोसुम दासुम बौद्ध परम्परा अनुसार अध्ययनका हिसाबले स्नातक तहका गुरु हुन् ।   

उक्त कार्यक्रममा गायक प्रदीप लामाले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत उपस्थित सबैलाई नचाए । 


कार्यक्रमको असाध्यै पृथक पक्ष उपस्थित ह्योल्मोहरुको सामूहिक परम्परागत नृत्य ‘स्याब्रु’ थियो ।  

परम्परागत खानाहरुको ब्यवस्थापन गरेका दोर्जे सारमा लामाले खाप्से लगायत परिकारहरु घरबाटै बनाएर उपस्थित सहभागीलाई खुवाएका थिए ।

पेमा लामाको संचालनमा सम्पन्न उक्त कार्यक्रम ह्योल्मो समाज यूकेका अध्यक्ष कर्मा लामाको सभापतित्वमा भएको थियो ।  

उपस्थित सहभागीले स्वादिस्ट खाना र उत्कृष्ट सांगीतिक प्रस्तुतिले कार्यक्रममा मौलिकता झल्किएको अनुभव सुनाएका थिए ।  

ह्योल्मो समुदाय विशेष गरि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु बाट फैलिएको जाति हो । यसको नुवाकोट र रसुवामा बाहुल्यता छ । यो तामाङसंग धेरै पारम्परिक नाता कुटुम्ब चलाउने बौद्ध धर्मावलम्बी जाति हो ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register