हाम्रा नागरिकलाई अवैध विदेशीको खतरा बढ्दै गएको छ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा कर लगाएको बताएका थिए । उनले यसको कारण बताउदै ट्रुथ सोसलमा पोस्ट पनि गरेका छन् । ट्रम्पले यो निर्णय इन्टरनेसनल इमर्जेन्सी […]

Feb 2, 2025 - 03:45
 0
हाम्रा नागरिकलाई अवैध विदेशीको खतरा बढ्दै गएको छ : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा कर लगाएको बताएका थिए । उनले यसको कारण बताउदै ट्रुथ सोसलमा पोस्ट पनि गरेका छन् ।

ट्रम्पले यो निर्णय इन्टरनेसनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट (आईईईपीए) मार्फत लिइएको बताएका छन् ।

उनले लेखेका छन्, ‘किनभने हाम्रा नागरिकलाई अवैध विदेशीको खतरा बढ्दै गएको छ । फेन्टालिन र अन्य घातक औषधिहरूका कारण हाम्रा नागरिकको ज्यान गइरहेको छ ।’

राष्ट्रपतिको रूपमा सबैको सुरक्षा सुनिश्चित गर्नु आफ्नो कर्तव्य रहेको ट्रम्पले बताएका छन् ।

‘हामीले अमेरिकीहरूको सुरक्षा गर्न आवश्यक छ, र राष्ट्रपतिको रूपमा सबैको सुरक्षा सुनिश्चित गर्नु मेरो कर्तव्य हो,’ उनले भनेका छन्, ‘मैले यसअघि हाम्रो सीमानामा अवैध विदेशी र लागुपदार्थको बाढी रोक्ने वाचा गरेको थिएँ । यसैका लागि अमेरिकीहरूले अत्यधिक मतदान गरेर मलाई जिताएका हुन् ।’

क्यानडा, मेक्सिको र चीनमा बढाइएको कर आजदेखि लागू हुने ट्रम्पको घोषणा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register