बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्सको बैठक : बहुपक्षीय सहकार्यलाई बलियो बनाउने निष्कर्ष

काठमाडौं । क्षेत्रीय पर्यटन पवद्र्धन बहुपक्षीय सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) नेटवर्क अफ टू अपेटर्सको तेसो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकले बिमटेक सदस्य मुलुकमा पर्यटक बढाउन बहुपक्षीय सहकार्यलाई बलियो बनाउने निष्कर्ष निकालेको छ । दुई दिने बैठकमा बिमस्टेक सदय सातै मुलुकका टुर […]

Feb 8, 2025 - 03:33
 0
बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्सको बैठक : बहुपक्षीय सहकार्यलाई बलियो बनाउने निष्कर्ष

काठमाडौं । क्षेत्रीय पर्यटन पवद्र्धन बहुपक्षीय सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) नेटवर्क अफ टू अपेटर्सको तेसो बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकले बिमटेक सदस्य मुलुकमा पर्यटक बढाउन बहुपक्षीय सहकार्यलाई बलियो बनाउने निष्कर्ष निकालेको छ ।

दुई दिने बैठकमा बिमस्टेक सदय सातै मुलुकका टुर अपेटर र केही देशका पर्यटन अधिकृत सहभागी थिए । बैठकले एकअर्का मुलुकबीच पर्यटनमा सहकार्य बढाउने उद्देश्यले बिमस्टेक टुरिजम मार्ट आयोजना गर्ने समझदारी बनेको छ । यद्यपि, उक्त मार्ट कहिले कुन देशले गर्ने भन्ने खुलाइएको छैन । त्यसैगरी बिमस्टेक मुलुकमा पर्यटकलाई सहज आवतजावतका लागि प्रवेशाज्ञा (भिसा) फ्री गर्ने, मुद्रा सटहीलाई सहज बनाउने पनि बैठकले निष्कर्ष निकालेको छ ।

बिमस्टेक मुलुकबीचको सहकार्यलाई फराकिलो बनाएर अन्तदेशीय पर्यटन पवद्र्धनका साथै आपसी हित र सहयोगलाई थप बलियो बनाउने सन्दर्भमा बैठक फलदायी भएको नेपाल पर्यटन बोर्डका पमुख कार्यकारी अधिकृत (सीईओ) दीपकाज जोशीले जानकारी दिए । बैठकलाई सहकार्य रणनीतिक योजना विकासको पमुख अवसका रूपमा चित्रण गर्दै उनले नेपालले बिमस्टेक साझेदार राष्ट्रसँग मिले पर्यटन पवद्र्धनमा महत्वपर्ण भूमिका खेल्ने बताए ।

‘दुई दिनको बैठका तीन महत्वपर्ण मुद्दामा उपलब्धिमूलक छलफल भयो । बौद्ध तथा क्रुज सर्किटको सञ्चालन ढाँचालाई सहज बनाउने, भिसा र विदेशी मुद्रालाई सहज बनाउने तथा पर्यटकको सङ्खया र भ्रमण बढाउन बिमस्टेक टुरिजम मार्ट गर्ने सकारात्मक समझदारी बनेको छ,’ सीईओ जोशीले भने ।

नेपाल पर्यटन बोर्डको सहजीकण तथा समन्वयमा भएको बैठकमा बिमस्टेक सदस्य राष्ट्र नेपाल, भात, भुटान, बङ्गलादेश, म्यानमार, श्रीलङ्का र थाइल्यान्डका पर्यटन सम्बन्धित निकाय तथा निजी क्षेत्रका सोकावालाको सहभागिता थियो । आगामी बिमस्टेक बैठकमा समुद्रदेखि हिमालसम्म (सिटु टू माउन्टेन) थिममा छलफल गर्ने सहमति भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह तथा बिमस्टेकका निर्देशक श्रीसी थू आङले संयुक्त रूपमा उद्घाटन गरेको बिमस्टेक टुर अपरेटर्सको बैठकमा दुबै दिन बोर्डका सीईओ जोशीले अध्यक्षता गरेका थिए ।

यसअघि बैठकको उद्घाटन गर्दै पर्यटन मन्त्रालयका सचिव सिंहले नेपालका दिगो पर्यटन प्रवद्र्धनको साथै क्षेत्रीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्याउन बिमस्टेक नेटवर्क बैठक उपयोगी हुने विश्वास व्यक्त गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले सीमापार पर्यटन प्रवद्र्धन तथा साझा सम्पदाको अधिकतम उपयोग बिमस्टेक सदस्य राष्ट्रका लागि लाभदायक हुने बताए ।

बिमस्टेकका निर्देशक आङले पर्यटनलाई क्षेत्रको प्रमुख आर्थिक क्षेत्रका रूपमा परिभाषित गर्दै, सहकार्यद्वारा यस क्षेत्रका पर्यटन सम्भावनाको सदुपयोग गर्न सकिने बताए । उनले क्षेत्रीय सहकार्यले दीर्घकालीन साझेदारी निर्माण गर्नुका साथै रोजगारी, राजस्व वृद्धिमा योगदान पु¥याउने र जनता–जनताबीचको सम्बन्धलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

बोर्डका अनुसार बिमस्टेक बौद्ध तथा क्रूज सर्किट सञ्चालन, गन्तव्य व्यवस्थापन, संयुक्त मार्केटिङ, सांस्कृतिक आदानप्रदान कार्यक्रम, भिसा सहजीकरण, तथा बिमस्टेक ट्राभल एन्ड टुरिज्म मार्टको वार्षिक आयोजनाजस्ता विषयमा विस्तृत छलफल भएको थियो । साथै, सीमापार यात्रा सहज बनाउन विशेष पर्यटकीय सर्किटको विकास तथा अन्वेषण गर्ने विषयसमेतलाई बैठकको प्राथमिकतामा राखिएको थियो ।

बैठकको निष्कर्षले सार्वजनिक–निजी साझेदारीलाई थप मजबुत बनाउँदै, पर्यटन व्यवस्थापनमा सुधार ल्याउने तथा बिमस्टेक क्षेत्रमा निर्बाध सम्पर्कलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । यसले क्षेत्रीय पर्यटन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register