यस्तो रहनेछ आजको मौसम

झापा, २१ माघ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने र बाँकी तराईका [...] The post यस्तो रहनेछ आजको मौसम appeared first on Jhapa Online.

Feb 3, 2025 - 03:46
 0
यस्तो रहनेछ आजको मौसम

झापा, २१ माघ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ । सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

The post यस्तो रहनेछ आजको मौसम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register