ट्रम्पले करबारे क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको विषयमा क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने घोषणा गरेका थिए । ट्रम्पले भने, “सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करका बारेमा कुरा गर्नेछु । अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको शुल्क मङ्गलबार रातिदेखि लागू हुँदैछ ।” क्यानडाका प्रधानमन्त्री जस्टिन […]

Feb 3, 2025 - 05:27
 0
ट्रम्पले करबारे क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करको विषयमा क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आइतबार क्यानडा, चीन र मेक्सिकोमा कर लगाउने घोषणा गरेका थिए ।

ट्रम्पले भने, “सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करका बारेमा कुरा गर्नेछु । अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको शुल्क मङ्गलबार रातिदेखि लागू हुँदैछ ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले प्रतिक्रियास्वरूप अमेरिकामा कर लगाउने घोषणा गरेका छन् ।

ट्रुडोले भनेका थिए, “डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउनेछ । हाम्रो सरकारले १५५ बिलियन डलरको अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत शुल्क लगाउनेछ ।”

यस्तै मेक्सिकोका राष्ट्रपतिले भनेकी छन्, “हामी अमेरिकाविरुद्ध पनि प्रतिशोधात्मक कारबाही गर्नेछौँ, जसमा कर पनि समावेश छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register