दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, […]

Feb 3, 2025 - 05:36
 0
दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।

वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्दै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ । ”

उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन् । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register