चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ ।  चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।  यसअघि जिल्ला सरकारी वकिल कार्यालय चितवनले ढाँचा र तथ्यांक नमिलेको भन्दै प्रहरी प्रतिवेदनको फाइल फिर्ता पठाएको […]

Feb 4, 2025 - 09:36
 0
चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ । 

चितवनको साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । 

यसअघि जिल्ला सरकारी वकिल कार्यालय चितवनले ढाँचा र तथ्यांक नमिलेको भन्दै प्रहरी प्रतिवेदनको फाइल फिर्ता पठाएको थियो । त्यसप्रश्चात प्रहरीले पुनः अनुसन्धानपछि उक्त फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

मुद्दा सोमबार नै दर्ता भनिएको भए पनि सरकारी वकिलहरुको व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो । उक्त मुद्दामा रवि लामिछाने रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइको छ । 

उक्त मुद्दामा रवि लामिछानेलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्यलाई भने संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले दर्ता गराएको मुद्दामा सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ । त्यसबाहेक विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register