‘ब्रिटिश गोर्खा’ बेलायत नेपाल सम्बन्धको महत्वपूर्ण कडी- राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्यान्डले पेश गरेको ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले ब्रिटिश गोर्खा सेनाले जनस्तरको सम्बन्ध सुधारमा पनि योगदान पुर्याएको बताए । “ब्रिटिश–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्ववपूर्ण योगदान पु¥याएको छ”, राष्ट्रपति पौडेलले भने […]

Feb 4, 2025 - 15:02
 0
‘ब्रिटिश गोर्खा’ बेलायत नेपाल सम्बन्धको महत्वपूर्ण कडी- राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ब्रिटिश गोर्खा सेना बेलायत-नेपाल द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी रहेको बताएका छन्।

राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्यान्डले पेश गरेको ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले ब्रिटिश गोर्खा सेनाले जनस्तरको सम्बन्ध सुधारमा पनि योगदान पुर्याएको बताए ।

“ब्रिटिश–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्ववपूर्ण योगदान पु¥याएको छ”, राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गरे ।

उनले पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको ‘द्विपक्षीय संयन्त्र’ मा सकारात्मक छलफल भइरहेको विश्वास समेत व्यक्त गरे।

त्यसअघि राष्ट्रपति पौडेलसंग भेट्दै नेपाल भ्रमणमा रहेका बेलायतका अधिराजकुमार एडवार्डले पनि नेपाल र बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सेना कोसेढुङ्गा रहेको उल्लेख गरेका थिए ।

उनले ब्रिटिश सेनामा नेपालले भर्तीका लागि दिएको स्वीकृतिका लागि आभार पनि प्रकट गरे ।

यो पनि पढौं: बेलायती अधिराजकुमारले भेटे राष्ट्रपति पौडेल

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register