दिल्ली चुनाव : २६ वर्षपछि सत्तामा फर्किएला भाजपा, के भन्छ एक्जिट पोल ?

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतदान बुधबार सम्पन्न भयो । यसको मतपरिणाम फेब्रुअरी ८ मा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । मतदानमा लगभग ६० प्रतिशतभन्दा बढी मत खसेको भएको अनुमान छ । सन् २०२० मा भएको विधानसभा चुनावमा ६२.५५ प्रतिशत मतदान भएको थियो । सन् २०१५ मा लगभग ६७ प्रतिशत मतदान भएको थियो । […]

Feb 6, 2025 - 07:06
 0
दिल्ली चुनाव : २६ वर्षपछि सत्तामा फर्किएला भाजपा, के भन्छ एक्जिट पोल ?

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतदान बुधबार सम्पन्न भयो । यसको मतपरिणाम फेब्रुअरी ८ मा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा लगभग ६० प्रतिशतभन्दा बढी मत खसेको भएको अनुमान छ ।

सन् २०२० मा भएको विधानसभा चुनावमा ६२.५५ प्रतिशत मतदान भएको थियो । सन् २०१५ मा लगभग ६७ प्रतिशत मतदान भएको थियो ।

यसबीच चुनावी नतिजा अनुमान गर्न विभिन्न एक्जिट पोलहरू बाहिर आएका छन् ।

अहिलेसम्म आएका सबै एक्जिट पोलहरूमा भाजपाले सरकार बनाउनसक्ने अनुमान छ । जबकि सत्तारुढ दल आम आदमी पार्टीलाई दोस्रो ठूलो पार्टीको रूपमा देखाइएको छ ।

यदि एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने भाजपाले २६ वर्षपछि दिल्लीमा सरकार बनाउन सक्छ ।

म्याट्रिक्सको एक्जिट पोलमा भाजपाले ३५ देखि ४० सिट, आम आदमी पार्टीले ३२ देखि ३७ सिट र काङ्ग्रेसले कम्तीमा १ सिट जित्नसक्ने छ ।

चाणक्य रणनीतिको एक्जिट पोलमा भाजपाले ३९ देखि ४४, आम आदमी पार्टीले २५ देखि २८ र काङ्ग्रेसले २ देखि ३ सिट पाउनेछ ।

जेभीसी पोलमा भाजपाले ३९ देखि ४५ सिट जित्ने अनुमान गरिएको छ । जबकि आम आदमी पार्टीले २२ देखि ३१ सिट र काङ्ग्रेसले २ सिटसम्म जित्ने अनुमान गरिएको छ ।

पिपुल्स पल्स-कोडेमाको एक्जिट पोलमा भाजपाले ५१ देखि ६० सिट र आम आदमी पार्टीले १० देखि १९ सिट जित्ने अनुमान गरिएको छ भने काङ्ग्रेसलाई एक पनि सिट दिइएको छैन ।

पोल डायरीको एक्जिट पोलमा भाजपाले ४२ देखि ५० सिट र आम आदमी पार्टीले १८ देखि २५ सिट जित्ने प्रक्षेपण गरिएको छ । यसमा काङ्ग्रेसलाई ०-२ सिट दिइएको छ ।

पिपुल्स इनसाइटको एक्जिट पोलमा भाजपालाई ४० देखि ४४ र आम आदमी पार्टीलाई २५-२९ सिट दिइएको छ । जबकि काङ्ग्रेसलाई ०-१ सिट जित्नेछ ।

पी-मार्कको एक्जिट पोलमा भाजपाले ३९-४९ सिट जित्ने अनुमान गरिएको छ । यस सर्वेक्षणमा आपलाई २१-३१ सिट दिइएको छ, जबकि काङ्ग्रेसले ०-१ सिट पाउने अनुमान गरिएको छ ।

डीभी रिसर्चको एक्जिट पोलमा भाजपालाई ३६-४४ र आम आदमी पार्टीलाई २६-३४ सिट दिइएको छ ।

एसएएस ग्रुपको एक्जिट पोलमा भाजपालाई ३८-४१, आम आदमी पार्टीलाई २७-३० र काङ्ग्रेसलाई १-३ सिट जित्न सक्ने अनुमान छ ।

बेलायती अखबार गार्डियनकाअनुसार बीजेपीले ४३ सिट ल्याउँदा आम आदमी पार्टीको २६ सिट मात्रै आउने अनुमान छ ।

वी प्रेसिड र माइन्ड प्रिन्ट दुई यस्ता एजेन्सी हुन्, जसले आफ्नो एक्जिट पोलमा आम आदमी पार्टीलाई बहुमत दिएका छन् ।

वी प्रेसिडेको एक्जिट पोलमा आम आदमी पार्टीलाई ४६-५२ सिट, भाजपालाई १८-२३ सिट र काङ्ग्रेसलाई ०-१ सिट दिइएको छ ।

माइन्ड प्रिन्सको एक्जिट पोलमा आम आदमी पार्टीले ४४-४९ सिट जित्ने अनुमान गरिएको छ । जबकि भाजपाले २१-२५ सिट जित्ने अनुमान गरिएको छ ।

के एक्जिट पोल सही हुन्छन् ?

प्रसिद्ध चुनाव विश्लेषक तथा सेन्टर फर द स्टडी अफ डेभलपिङ स्टडीज (CSDS)-लोकनितिका सह-निर्देशक प्रोफेसर संजय कुमारकाअनुसार यसलाई मौसम विभागको पूर्वानुमानसँग जोड्छन् ।

उनी भन्छन्, “एक्जिट पोलहरू मौसम पूर्वानुमान जस्तै हुन् । कहिलेकाहीँ तिनीहरू धेरै सटीक हुन्छन्, कहिले त्यसको नजिक र कहिलेकाहीँ तिनीहरू सही हुँदैनन् । एक्जिट पोलले दुई कुराको अनुमान गर्छ । यसले भोट प्रतिशतको अनुमान गर्छ र त्यसपछि त्यसैको आधारमा दलहरूले पाउने सिटहरूको सङ्ख्या अनुमान गरिन्छ ।”

संजय भन्छन्, “हामीले सन् २००४ को चुनाव बिर्सनु हुँदैन । सबै एक्जिट पोलहरूले अटल बिहारी वाजपेयीको सरकार फेरि सत्तामा आउने बताएका थिए, तर सबै एक्जिट पोलहरू गलत साबित भए र भाजपाले चुनाव हार्‍यो ।”

धेरै पटक फरक-फरक एक्जिट पोलले फरक-फरक अनुमान दिन्छन्, किन यस्तो हुन्छ?

यस प्रश्नको जवाफमा प्रोफेसर संजयले एउटा उदाहरण दिँदै भने, “धेरै पटक फरक-फरक डाक्टरहरूले एउटै रोगलाई फरक-फरक तरिकाले जाँच गर्छन् । एक्जिट पोलहरूमा पनि त्यस्तै हुन सक्छ । यसको कारण फरक-फरक एजेन्सीहरूले फरक-फरक नमूना वा फिल्ड वर्क गरेको हुन सक्छ । केही एजेन्सीहरूले फोनबाट डाटा सङ्कलन गर्छन्, जबकि केही एजेन्सीहरूले आफ्ना मानिसहरूलाई फिल्डमा पठाउँछन्, त्यसैले नतिजा फरक हुन सक्छ ।”

एक्जिट पोलहरू जनप्रतिनिधित्व ऐन, १९५१ को धारा १२६ए अन्तर्गत नियमन गरिन्छ ।

भारतमा निर्वाचन आयोगले एक्जिट पोलसम्बन्धी केही नियम बनाएको छ । यी नियमहरूको उद्देश्य चुनावलाई कुनै पनि हिसाबले प्रभावित हुन नदिनु हो ।

निर्वाचन आयोगले समय-समयमा एक्जिट पोलसम्बन्धी दिशानिर्देशहरू जारी गर्दछ । यसमा एक्जिट पोल गर्ने तरिका कस्तो हुनुपर्छ भनेर बताइएको छ । सामान्य नियम के छ भने मतदानको दिन एक्जिट पोलको नतिजा प्रसारण गर्न सकिँदैन ।

निर्वाचन प्रक्रिया सुरु भएदेखि अन्तिम चरणको मतदान समाप्त भएको आधा घण्टासम्म एक्जिट पोल प्रसारण गर्न सकिँदैन । यसबाहेक, मतदान पछि एक्जिट पोलको नतिजा प्रसारण गर्न, सर्वेक्षण एजेन्सीले निर्वाचन आयोगबाट अनुमति लिनुपर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register