काङ्ग्रेस-एमालेलाई प्रचण्डको प्रश्न – ३५ वर्ष शासन चलाएपछि ६ दिनमा विकाश ढिलो हुनेभयो भन्ने लाग्यो ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई अध्यादेश ल्याउनु आपत्तिजनक रहेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले ३५ वर्ष शासन गरेपछि संसद चल्नु ६ दिनअघि मात्रै अध्यादेश ल्याउनु गलत रहेको उनको भनाइ छ । “पछिल्लो ३५ […]

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई अध्यादेश ल्याउनु आपत्तिजनक रहेको भन्दै प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले ३५ वर्ष शासन गरेपछि संसद चल्नु ६ दिनअघि मात्रै अध्यादेश ल्याउनु गलत रहेको उनको भनाइ छ ।
“पछिल्लो ३५ वर्षमा नेपाली काङ्ग्रेसले १२ पटक प्रधानमन्त्री चलाएको देखिन्छ । नेकपा एमालेले ७ पटक । ३५ वर्ष शासन चलाएपछि देशको विकाश ६ दिन ढिलो हुने भयो भनेर ल्याउनु भएको हो, अध्यादेश ?,” प्रचण्डले प्रश्न गरे, “३५ वर्षसम्म त त्यो आवश्यक्ता तपाईंहरूले महशूस गरेको देखिँदैन । अहिले ६ दिन अगाडी अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नु भएको हो ?”
“माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक,” प्रचण्डले भने, “पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईहरु पनि अब विकासको हाजी हुनुभएको हो ?”
What's Your Reaction?






